एकद्बार कर प्रणाली भए सामुदायिक वन समूह कर तिर्न  तयार छाैँ : पूर्व केन्द्रीय उपाध्यक्ष खड्का 



एकद्बार कर प्रणाली भए सामुदायिक वन समूह कर तिर्न  तयार छाैँ : पूर्व केन्द्रीय उपाध्यक्ष खड्का 
देउखुरी ३० कार्तिक । सामुदायिक वन उपभोक्ता महासंघ नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष भिमप्रकाश खड्काले सरकारले एकद्वार कर प्रणाली बनाए सामुदायिक वन समूह कर तिर्न तयार रहेकाे बताएका छन् । स्थानीय सामुदायिक वन उपभोक्ता महासंघ नेपाल गढवाकाे आज शुक्रबार दाङ-देउखुरीकाे शान्ति सामुदायिक वन उपभोक्ता समूह काेठरीमा भएकाे परिषद् भेलालाई सम्बाेधन गर्दै उनले यस्ताे बताएका हुन् ।
उनले सामुदायिक वन समूहहरू एक ठाउँमा मात्र कर तिर्ने भए आफूहरू तयार रहेकाे बताए । उनले एउटा वन समूहले तीन वटा सरकारलाई कुनैपनि कर तिर्न नसक्ने जिकिर समेत गरे । केन्द्रीय उपाध्यक्ष खड्काले सामुदायिक वन समूहलाई उद्यमशिलता संग जाेड्न सरकार संग माग गरे । उनले सामुदायिक वन समूहलाई उत्पादन, राेजगार र समृद्धि संग जाेड्नु पर्ने समेत बताए ।
महासंघ गढवाका अध्यक्ष नवराज शर्माकाे अध्यक्षता एवम् वन महासंघका पूर्व केन्दिय उपाध्यक्ष भिमप्रकाश खड्काकाे प्रमुख आतिथ्यतामा भएकाे परिषद् भेला उद्घाटन कार्यक्रमलाई सम्बाेधन गर्दै वन महासंघ दाङ जिल्ला अध्यक्ष हरिप्रसाद भुसालले सरकारले सामुदायिक वन समूहलाई कर लाड्ने उद्योगकाे रूपमा लिएकाे आराेप लगाए । उनले सरकारले सामुदायिक वन समूहमा लगानी गर्नु नपर्ने तर वन समूहले भने सजिलै कर तिर्नुपर्ने सरकारकाे रबैया ठिक नभएकाे बताए ।
वन महासंघका गढवाका काेषाध्यक्ष देबेन्द्रकुमार यादवकाे स्वागत मन्तव्यबाट शुरू भएकाे कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ दाङ जिल्ला सह-सचिव भुपबहादुर केसी, जिल्ला सदस्य बिष्णुमाया बसेल, वन वातावरण समन्वय समिती गढवाका सचिव चित्रबहादुर एमसी, गढवा गाउँपालिका वार्ड नम्बर १ कि सदस्य दिलबसी बिक र ज्याेति सावउस मानपुरका अध्यक्ष हिरालाल चाैधरी लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरे ।
भेलाले सरकारी कार्यालय बनाउँदा अनिवार्य रूपमा स्थानीय काठकाे प्रयाेग गर्न अनुराेध गर्ने र बिदेश काठ आयतलाई नियन्त्रण गर्न पहल गर्ने लगायतका १६ वटा महत्त्वपूर्ण निर्णय समेत गरेकाे छ । भेला ब्यवस्थापन लागि शान्ति सावउस काेठरी, महादेवा सावउस महदेवा र लखपति सावउस पचहाले गरेका थिए । कार्यक्रमकाे सञ्चालन वन महासंघ गढवाका सचिव चन्चला चाैधरीले गरे ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे