छिमेकी कृषि सहकारी संस्थाको ९ औं वार्षिक साधारणसभा सम्पन्न
सिसहनियाँ २ मंसिर । छिमेकी कृषि सहकारी संस्था लि. राप्ती गाउँपालिका-५ लठ्ठहवाको ९ औं वार्षिक साधारणसभा शनिबार नुतन बाल उद्यान प्रावि सिंगेमा सम्पन्न भएको छ ।संस्थाका अध्यक्ष खेमराज अर्यालको अध्यक्षता एवम् राप्ती गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष देवप्रसाद चाैधरीको प्रमुख आतिथ्यता तथा वडा सदस्य सावित्रादेवी परियारको विशिष्ट आतिथ्यतामा भएको सभा उद्घाटन कार्यक्रम बोल्दै प्रमुख अतिथि चाैधरीले कृषि सहकारीले कृषि क्षेत्रमा जोड दिन सुझाव दिएका छन् । कृषिका माध्यमबाट किसानहरूलाई आत्मानिर्भर बनाउन सकिने भएको हुँदा त्यस तर्फ सहकारीले लगानी लगाउन आवश्यक रहेको बताएका छन् ।सभामा वार्षिक प्रतिवेदन सचिव तिलबहादुर थापा, आर्थिक प्रतिवेदन कोषाध्यक्ष पिमप्रसाद भट्टराई र लेखा परिक्षण प्रतिवेदन लेखा संयोजक गणेश प्रसाद शर्मा अर्यालले प्रस्तुत गरेका थिए। सभा उद्घाटन कार्यक्रममा विभिन्न व्यक्तित्वहरूलाई सम्मान समेत गरिएको थियो । जस अनुसार जेष्ठ नागरिक सम्मानमा कुलप्रसाद पाैडेल, संस्थापक अध्यक्ष हुमलाल भण्डारी, असल बचतकर्ता सुशिला न्याैपाने र पुष्पा बुढाथोकी तथा असल कारोवार कर्ताको रूपमा बालाराम बुढा र बृहस्पति पोख्रेललाई सम्मान गरिएको थियो । कार्यक्रममा समाजसेवी तथा बुद्धिजीवी खोपीराम थापा लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । संस्थाकी उपाध्यक्ष सरिता पाण्डेको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन सचिव तिलबहादुर थापाले गरेका थिए ।