८२ वर्षिय वृद्धले गरे स्व. श्रीमतिको स्मृतिमा निलसागरलाई २१ हजार बढी रकम दान
भालुवाङ २३ कार्तिक । अर्घाखाँचीका एक ८२ वर्षिय वृद्धले स्व. श्रीमतिको स्मृतिमा दाङको निलसागरलाई २१ हजार बढी रकम दान गरेका छन् ।
शितगंगा नगरपालिका वडा नम्बर ४ सानादह ठाडा अर्घाखाँची बस्ने ८२ वर्षिय खिमबहादुर बेल्वासेले आफ्नी स्वर्गीय श्रीमती धनकुमारी बेल्वासेको पहिलो स्मृतीमा शुक्रवार कामना सेवा विकास बैंक अम्रई ठाडाबाट २१ हजार ५ सय ५ रुपैयाँ आश्रमलाई दान गरेका छन् ।
राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेका निलसागर सेवा आश्रमको बैंक खातामा सो रकम पठाएको आश्रमका कार्यवाहक अध्यक्ष गरिवु चौधरीले जानकारी दिएका छन् ।
सडक आश्रित मानव तथा गरिव, दुखीहरुलाईलाई सहयोग गर्नु पुण्यको काम हुने हुँदा आफुले आश्रममा सहयोग गरेको बेल्वासेले बताएका छन् । बेल्वासे निवृत राष्ट्रसेवक कर्मचारी हुन् । उनको श्रीमतीको गत वर्ष ७४ वर्षको उमेरमा निधन भएको थियो ।
प्रतिक्रिया दिनुहोस्