कालापानी सामुदायिक वनको २१ औं वार्षिक साधारणसभा सम्पन्न



कालापानी सामुदायिक वनको २१ औं वार्षिक साधारणसभा सम्पन्न

सिसहनियाँ १४ असाेज । कालापानी सामुदायिक वन उपभोक्ता समूह राप्ती गाउँपालिका ५ कालापानीको २१ औं वार्षिक साधारणसभा सोमबार खौराहाबाबामा सम्पन्न भएको छ ।

समुहका अध्यक्ष श्यामा रावतको अध्यक्षता एवम् सामुदायिक वन उपभोक्ता महासंघ दाङका अध्यक्ष हरिप्रसाद भुसालको प्रमुख आतिथ्यतामा भएको सभा उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरूले यश ठाउँको विकासका लागि सवैको हातेमालो आवश्यक रहेको बताएका थिए । त्यस्तै वक्ताहरूले वन जंगलको संरक्षण गर्ने दायित्व उपभोक्ताको हुने भएकोले त्यस तर्फ ध्यान दिनुपर्ने बताएका थिए ।

सभामा वार्षिक प्रतिवेदन सचिव धनिराम पोख्रेल र आर्थिक प्रतिवेदन कोषाध्यक्ष शोभाखर आचार्यले प्रस्तुत गरेका थिए । समुहका उपाध्यक्ष विष्णु प्रसाद पोख्रेलको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा राप्ती सव डिभिजन वन कार्यालय मसुरीयाका सहायक वन अधिकृत विष्णु शर्मा, पुर्व वडा अध्यक्ष गोवर्धन रावत, स्थानीय सामुदायिक वन उपभोक्ता महासंघ राप्तीका अध्यक्ष दलबहादुर घर्ती, नर्ती वन तथा वातावरण समन्वय समितिका तारा घिमिरे, इलाका प्रहरी कार्यालय सिसहनियाँका प्रमुख प्रहरी नायव निरिक्षक मनोहरराम चौधरी, समुहका पुर्व अध्यक्ष छविलाल चौधरी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन समुहका कोषाध्यक्ष शोभाखर आचार्यले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे