लुम्बिनी प्रदेश : चार दिनमा विपदबाट एक करोड ४३ लाख बरावरको क्षती



लुम्बिनी प्रदेश : चार दिनमा विपदबाट एक करोड ४३ लाख बरावरको क्षती

दाङ १४ असाेज । लुम्बिनी प्रदेशमा वितेको चार दिनमा बाढी, पहिरो तथा डुबानबाट एक करोड ४३ लाख रुपैयाँ बराबरको क्षती भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार विपद्का ३२ वटा घटना एक करोड ४३ लाख बराबरको क्षती भएको छ ।

असोज ११, १२, १३ र १४ गतेको अवधिमा ३२ वटा विपदका घटना घटेका छन् । यो अवधिमा अधिक बर्षा, पहिरो, बाढी तथा डुबानका घटना घटेका हुन । विपदमा परेर ३ जनाको मुत्यु, २ जना घाईते र एक जना वेपत्ता भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी गंगाधर पाण्डेले जानकारी दिए ।

बाढीमा परेर रुपन्देहीमा दुई जना र पानीमा डुबेर बाँके जिल्लामा एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो अवधिमा १९ वटा घर भत्एिका छन् भने एक सय ६८ वटा घरमा आंशिक क्षती भएको छ । ३ वटा सरकारी भवनमा आंशिक क्षती पुगेको छ । ७ वटा गोठमा पनि क्षती पुगेको जनाइएको छ ।

लुम्बिनी प्रदेश सरकारले प्राकृति विपदको सम्भावित घटनाबाट हुन सक्ने क्षतिलाइ कम गर्न मातहतका निकायलाई तयारी अवस्थामा रहन निर्देशन जारी गरेको थियो । लुम्बिनी प्रदेशमा चार दिनको अवधिमा तुलनात्मक रुपमा क्षति कम भएको छ ।

मुख्यमन्त्री चेतनारायण आचार्यले विपद् अघि, विपदको वेलामा र विपद् पछिको अवस्थालाई ध्यानमा राखेर प्रतिकार्यका योजना अघि बढाउन निर्देशन जारी गरेका थिए । सोही अनुसार समुदाय, प्रहरी प्रशासन र स्वयंमसेवकहरु परिचालन भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे