दाङमा १३१ जना कोरोनाका संक्रिय संक्रमित, ४४ जनाको मृत्यु



दाङमा १३१ जना कोरोनाका संक्रिय संक्रमित, ४४ जनाको मृत्यु

दाङ ७  पुस । दाङमा कोरोना सक्रिय संक्रमित १३१ रहेका छन । स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दका अनुसार सोमबार सम्म दाङमा १३१ जना सक्रिय संक्रमितको संख्या छ । जस मध्य १०१ जना होम आइसोलेशनमा बसेका छन भने ३० जना संक्रमित संस्थागत आईसोलेशनमा बसेका छन् ।

हाल सम्म जिल्लामा २३ हजार ४६ जनाको स्वाव संकलन भएकोमा ३ हजार ६ सय ६४ जनामा कोरोना पुष्टि भएको छ । कोरोना पुष्टि भएका मध्य ३ हजार १८९ जना कोरोना मुक्त भई सकेका छन् । भने जिल्लामा हाल सम्म कोरोना संक्रमणका कारण ४४ जनाको मृत्यु भई सकेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे