लुम्बिनी सहित तीन प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त, लुम्बिनीकाे प्रदेश प्रमुखमा कृष्णबहादुर नियुक्त



लुम्बिनी सहित तीन प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त, लुम्बिनीकाे प्रदेश प्रमुखमा कृष्णबहादुर नियुक्त

काठमाडौं १४ साउन । लुम्बिनी सहित तीन प्रदेशमा  प्रदेश प्रमुख हेरफेर गरिएकाे छ । सरकारले लुम्बिनी, बागमती  र कर्णालीका प्रदेश प्रमुखलाई हटाएर नयाँ प्रदेश प्रमुख नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर, बागमतीमा दीपकप्रकाश देवकोटा र कर्णालीमा यज्ञराज जोशीलाई प्रदेश प्रमुखमा नियुक्त भएका ती मन्त्रीले जानकारी दिए ।

यसअघि लुम्बिनीमा अमिक शेरचन, बागमतीमा यादव शर्मा  र कर्णालीमा तिलक परियार प्रदेश प्रमुख थिए । शर्मा एकीकृत समाजवादी, शेरचन र परियार नेकपा माओवादी केन्द्र निकट हुन् । उनीहरु तीनै जनालाई प्रचण्ड नेतृत्वको सरकारले नियुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे