मुख्यमन्त्री सँग राप्ती प्रेस मञ्चको छलफल, सञ्चार क्षेत्रको विकासका लागि प्रतिवद्व छु : आचार्य



मुख्यमन्त्री सँग राप्ती प्रेस मञ्चको छलफल, सञ्चार क्षेत्रको विकासका लागि प्रतिवद्व छु : आचार्य

भालुवाङ १४ साउन । राप्ती प्रेस मञ्चले सोमबार लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यलाई मुख्यमन्त्री कार्यालयमा भेटगरी स्वागत तथा बधाई ज्ञापन गरेको छ।भेटका क्रममा राप्ती प्रेस मञ्चले सञ्चार क्षेत्रको विकास र मिडियाका लागि बिनियोजित बजेटलाई समावेशीका आधारमा विनियोजन गर्न आग्रह गरेकाे छ । राजधानी केन्द्रित मिडिया र पत्रकारहरूलाई प्रदेश सरकार संग जाेडेर मिडिया ब्यवस्थापन तर्फ ध्यान दिन आग्रह गरेका छन् ।   साथै मञ्चले प्रस्तावित ५० शैयाको भालुवाङ अस्पताल, भालुवाङ पुल्चोकको लालपुर्जा र अलपत्र आयोजनाहरूको विषयमा मुख्यमन्त्री आचार्यलाई ध्यानाकर्षण गराएको छ ।

मञ्चले राखेको जिज्ञासालाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले विगतका दिनमा पहुँचका आधारमा मिडियामा विनियोजन हुँदै आएको बजेट आफ्नो कार्यकालमा हुन नदिने बताउँदै मिडियाको बजेटलाई सामावेशी र आवश्यकताका आधार वितरण गरिने बताएका छन् । त्यस्तै उनले प्रदेशले गरेका राम्रो कुराहरूको प्रचारात्मक रिपोर्टिङ गर्न र नराम्रा पक्षको सुझाव तथा खवरदारी गर्न पत्रकारहरूलाई सुझाव दिएका छन् । त्यस्तै उनले पुर्व सुस्ता देखि पश्चिम कर्णालीको सिमा सम्म रहेको विकासका आयोजनालाई समुचित तथा सामान तरिकाले अगाडि बढाउने उनले बताएका छन् । अलपत्र योजना तथा विकास निर्माणको कामका लागि प्रदेश सरकारले साउन महिना भरि नीति तथा योजना बनाउने र भदौबाट कार्यान्वयन गर्ने बताएका छन् ।  साे अवसरमा मञ्चका प्रमुख संरक्षक महेश रिजाल, अध्यक्ष अर्जुन अधिकारी, वरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ता, उपाध्यक्ष जमिर शाह, महासचिव ओमप्रकाश गुप्ता र  सदस्य बिदुर एसमीले सञ्चार क्षेत्र सहित अन्य महत्त्वपूर्ण बिषयमा विचार व्यक्त गरेका थिए । साे अवसरमा मञ्चका सचिव भिसुन शाही, कोषाध्यक्ष हुमा सुनार, सदस्य किरण जिसी र साधारण सदस्यहरू विदुर एमसी, लक्ष्मी पोख्रेल, मोतीराम भट्टराई र मुक्तिराम पाैडेल लगायतकाे उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे