भालुवाङमा भन्सार छलि ल्याएको झण्डै ४ लाख बराबरको अवधै कपडा बरामद



भालुवाङ १४ साउन । दाङको भालुवाङबाट प्रहरीले भन्सार छली ल्याएको अवैध कपडा बरामद गरेको छ।

विषेश सुचनाका आधारमा सोमबार विहान करिव ६ बजेको समयमा इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरिक्षक अमर बहादुर माझीको कमाण्डमा खटिएको प्रहरी टोलीले भालुवाङ प्युठान सडक खण्डको राप्ती सामुदायिक वनको कार्यालय नजिकबाट ३ लाख ९५ हजार १ सय २० रूपैयाँ मुल्य बराबरको कपडा बरामद गरेको हो ।

बरामद गरिएको कपडालाई कृष्णनगर भन्सार कार्यालय कपिलवस्तु पठाइएको प्रहरी निरिक्षक माझीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे