शान्ति सुरक्षाकाे व्यवस्था गरिदिन इप्रका गढवालाई बैंक तथा वित्तीय संस्थाहरूकाे आग्रह
गढवा १३ साउन । गढवा गाउँपालिका भित्रका बैंक तथा वित्तीय संस्थाहरूले इलाका प्रहरी कार्यालय गढवालाई शान्ति सुरक्षाको व्यवस्थापन गरिदिन आग्रह गरेका छन् ।
त्यस क्षेत्रमा कार्यरत कमर्चारीहरुलाई फिल्डमा जाँदा धम्किपूर्ण व्यवहार गर्ने तथा कार्यालय तोडफोड, कर्मचारी माथि हातपात र सवारीसाधनमा समेत तोडफोड गर्ने कार्य भइरहेकाले ज्यूधनकाे रक्षाका लागि बैंक तथा वित्तीय संस्थाहरूले प्रहरीलाई अनुरोध गर्दै पत्र बुझाएका छन् ।
संघर्ष समितिमा आबद्व भएका केही सदस्यहरूबाट पनि केहि दिनमा तपाइहरुको कार्यालय आउँदैछौ तोडफोड गर्छौ भन्ने कुराहरु सुन्नमा आउँदा भोलीको दिनमा अरु क्षेत्रमा घटाइएका घटनाहरु जस्तै यस क्षेत्रमा नघटाेस र यस क्षेत्रमा कार्यरत कर्मचारीहरु माथि त्यस्ताे निन्दनीय कार्य नदोहोरियोस् भन्ने हेतुले सुरक्षा माग गर्दै गढवा लघुबित्त कर्मचारी मञ्चकी अध्यक्ष पबित्रा गिरी र गढवा बैंक तथा वित्तीय कर्मचारी मञ्चका संयाेजक राजन वलीकाे नेतृत्वमा सबै कर्मचारीहरु मिली इलाका प्रहरी कार्यालयकी कार्यालय प्रमुख कालिका कार्कीलाई सुरक्षाकाे माग पत्र बुझाएका थिए ।
माग पत्र बुझाउन साविकका मिरमिरे लघुवित्त वित्तीय संस्थाका शाखा प्रबन्धक तथा गढवा लघुवित्त कर्मचारी मञ्चका सदस्य नवराज महरा, गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय गोबरडिहाकी शाखा प्रबन्धक तथा गढवा लघुवित्त कर्मचारी मञ्चकी अध्यक्ष पबित्रा गिरी, कुमारी, कर्णाली, एनआइसी एसिया, सांग्रिला बैंक छिमेक, फर्वाड, समता, सुर्योदयवोमि, मातृभूमि, युनिक नेपाल, आरम्भ चौतारी बिजय, एनएमबि, स्वरोजगार, नेरुडे मिरमिरे र गणपति लघुवित्तको कर्मचारीहरु गरी १६ जना कर्मचारीहरूको उपस्थिति रहेकाे थियाे ।
प्रतिक्रिया दिनुहोस्