तुलसीपुर चेम्बर अफ कमर्शको अध्यक्षमा भण्डारी सर्वसम्मत चयन



दाङ १४ साउन ।  तुलसीपुर चेम्बर अफ कमर्सको अध्यक्षमा ऋषिराज भण्डारी सर्वसम्मत चयन भएका छन् ।

नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका बीचमा भएको छलफल पछि भण्डारीको नेतृत्वमा सहमति चयन भएको हो । शनिबार चेम्बरको तेस्रो साधारणसभा तथा दोस्रो नगर अधिवसेनबाट सर्वसम्मत रुपमा समिति चयन हुन नसकेपछि आइतबार बसेको तीन दलीय समितिले समितिको टुङ्गो लगाएको हो ।

नव गठित समितिको उपाध्यक्षमा सन्तोष खडका, मञ्जित पुन, महासचिवमा दुर्गाप्रसाद शर्मा, कोषाध्यक्षमा लाेकेन्द्र वली, सचिवमा सनोद थापा र सहकोषाध्यक्षमा देवबहादुर पाण्डे रहेका छन् । त्यसैगरी सदस्यहरूमा गणेश कुमार न्युरेतस्बर अली, रमेश बुढाथोकी, भिमी डाँगी, विनोद पन्त, चक्र नेपाली, दरिभान डाँगी, भीमबहादुर केसी र जोगेन्द्र नेपाली रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे