छिटो छिटो हुने सरकार फेरबदलले देशको आर्थिक अवस्था कमजोर हुँदै गएको छ : केसी



छिटो छिटो हुने सरकार फेरबदलले देशको आर्थिक अवस्था कमजोर हुँदै गएको छ : केसी

दाङ १२ साउन । संघिय सरकारका पुर्व स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीले छिटो छिटो हुने सरकार फेरवदलले देशको आर्थिक अवस्था कमजोर हुँदै गएको बताएका छन् ।

तुलसीपुर चेम्बर अफ कमर्शको शनिवार तुलसीपुरमा आयोजित तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनलाई उद्घाटन गर्दै केसीले हाम्रो जस्तो देश दुनियाँमा कहि कतै नभएको बताए । ‘हामीलाई स्थायी सरकार चाहिएको छ । ३÷३ महिनामा ६÷६ महिनामा सरकार परिवर्तन ग¥यौं भने राज्य कता जान्छ कता कसैले भन्न सक्दैन । हाम्रो जस्तो देश दुनियाँमा छैन । जसले जनताको ढाड सेक्ने गरि कर असुल गर्छ । यति धैरै कर कतै छैन तर नेपालमा छ । त्यसैले यहाँका राजनीतिक दल यहाँका उद्योगी व्यवसायी मेलेर राज्यलाई च्यालेन्ज गर्नुपर्ने बेला भएको छ । अबको नेतृत्व सक्षम जानुपर्ने बेला आएको छ ।’ केसीले भन्नुभयो ।
त्यस्तै उनले जनताले तिरेको करबाट राज्यले के सुविधा दिएको छ त्यसको खोजी गर्न आवश्यक रहेको बताएका छन् । हामी जनताले के– के कुरामा कर तिर्छौ र त्यसबाट हामीले के के सुविधा पाएका छौं त्यस विषयमा खोजी नीति नगर्दा सम्म देशको उन्नती प्रगति हुन नसक्ने बताएका छन् ।

त्यस्तै उनले राज्यले सवै भन्दा पहिले कर घटाउनु पर्ने बताएका छन् । अहिलेको अवस्थामा व्यपारीहरु करको चपेटामा परेकाले अव सम्पुर्ण व्यवसायीहरु एक जुट हुने बेला आएको बताएका छन् । टरिगाउँ एयरर्पोटको प्रसंगको स्मरण गर्दै बजेट उहाँले स्तरवृद्धिका लागि आफूले निरन्तर पहल गरेको बताउँदै कतिपय अवस्थामा बजेट परेपनि कार्यान्वयन नहुँदा समस्या भएको बताउनुभयो । फरक प्रसंगमा पूर्व राज्यमन्त्री केसीले चेम्बरका अध्यक्ष टोपबहादुर घर्तीले चेम्बरलाई संस्थागत विकास गर्ने मात्रै नभई सामाजिक क्षेत्रमा समेत महत्व पूर्ण योगदान पु¥याएको भन्दै प्रशंसा गर्नु भएको थियो ।  त्यस्तै कार्यक्रममा लुम्बिनी प्रदेश चेम्बर अफ कमर्शका महासचिव जेपी कडेलले देशमा छिटो छिटो हुने सरकार परिवर्तनले उद्योगी व्यवसायीहरु अगाडी बढ्न नसकेको बताउका छन् । सरकारले भर्खरै मात्र पास गरेको मौद्रिक नीतिमा केहि कुरामा समर्थन गर्न सकेपनि त्यो समग्र रुपमा समर्थन गर्न लाइक नरहेको बताएका छन् । त्यस्तै उनले आन्तरिक तथा बाह्य पर्यटक भित्राउन होमस्टे सञ्चालन गर्न सक्ने हो भने केहि आम्दानी लिन सक्ने हुँदा त्यस तर्फ चेम्बरको ध्यान जान जरुरी रहेको बताएका छन् ।

तुलसीपुर चेम्बर अफ कमर्शका अध्यक्ष टोप बहादुर घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका नगर प्रवक्ता माधव वली, तुलसीपुर उपमहानगरपालिका –५ का वडा अध्यक्ष वीरेन्द्र कुमार शाह, १२ का वडा अध्यक्ष खुशीराम चौधरी, नेकपा एमालेका रुपबहादुर खत्री, माओवादी केन्द्रका मोहन थापा, राप्रपाका दामोदर भण्डारी, तुलसीपुर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष डिल्लीबहादुर बस्नेत, चेम्बरका घोराही नगर अध्यक्ष दुलर्भ केसी, राप्ती गाउँपालिका चेम्बर अफ कमर्शका अध्यक्ष नेमलाल बेलबासे, तुलसीपुर खानेपानीका सचिव शेवकराम भण्डारी, तुलसीपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष विश्व बस्नेत, व्यवसायीहरू जनक प्रसाद खराल, होताराम आचार्य, लालबहादुर केसी लगायतले व्यवसायिक हितका लागि सबै व्यवसायी सङ्गठित भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।

सो अवसरमा उद्योगपति डिल्ली बहादुर बस्नेत, शिक्षक भागवत पौडेल, लक्ष्मण गिरी, दीपक बस्याल, अन्जना पुन, ममता पुन, राधीका वली लगायतलाई विभिन्न विधामा सम्मान, पुरस्कृत तथा मायाको चिनो प्रदान गरिएको थियो । भने बीच बीचमा साँस्कृतिक प्रस्तुती समेत देखाइएको थियो । साधारणसभामा महासचिव प्रेम प्रकाश गिरी वार्षिक तथा कोषाध्यक्ष सन्तोष खड्काले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारणसभाले आगामी कार्यकालका लागि नयाँ कार्यसमति चयन गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे