रक्तिम साँस्कृतिक अभियान लमही नगरस्तरीय भेला सम्पन्न : अध्यक्षमा बुद्धबहादुर जिसी



रक्तिम साँस्कृतिक अभियान लमही नगरस्तरीय भेला सम्पन्न : अध्यक्षमा बुद्धबहादुर जिसी

लमही १२ साउन । रक्तिम साँस्कृतिक अभियान लमही नगरस्तरीय भेला लमहीमा सम्पन्न भएको छ ।

रक्तिम साँस्कृतिक अभियान दाङका उपाध्यक्ष बुद्धबहादुर जिसिकाे अध्यक्षता तथा राजमाे दाङका सचिव वसन्तराज शर्मा पाैडेलकाे प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हाे । भेलाले ११ सदस्यीय रक्तिम साँस्कृतिक अभियान लमही नगर समिति गठन गरेको छ । जसको अध्यक्षमा बुद्धबहादुर जिसी, उपाध्यक्ष वसन्ता पाेख्रेल, काेषाध्यक्ष प्रेम जिसी, सचिव मिनबहादुर पाैडेल, सदस्यहरुमा बिमला सुनार, विष्णु बस्याल, कमला सापकोटा, सन्ध्या आचार्य, गाेपाल खनाल, बिमला आचार्य रहनु भएको छ भने एक स्थान रिक्त रहेको छ । सल्लाहकार समितिमा गुरुप्रसाद कुमाल ‘बुलबुल’, निमबहादुर घर्ती मगर, लाेकेन्द्र परियार रहेका छन् ।

भेलामा अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) का केन्द्रीय सदस्य गुरुप्रसाद कुमाल ‘बुलबुल’, अखिल नेपाल शिक्षक सङ्घ दाङका अध्यक्ष रुमालप्रसाद बसेल, राजमाे दाङ जिल्ला सल्लाहकार पदमप्रसाद गाेराथाेकी, अखिल नेपाल महिला सङ्घ लमही नगर समितिका अध्यक्ष वसन्ता पाेख्रेल लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।  विष्णु बस्यालकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमकाे सञ्चालन प्रेमा जिसीले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे