लुम्बिनीमा नागरिक उन्मुक्तिकाे दल नेता परिवर्तनलाई प्रदेशसभाले मान्यता दिएन, रेशमकाे याेजना असफल



लुम्बिनीमा नागरिक उन्मुक्तिकाे दल नेता परिवर्तनलाई प्रदेशसभाले मान्यता दिएन, रेशमकाे याेजना असफल

भालुवाङ ११ साउन । लुम्बिनीमा नागरिक उन्मुक्ति पार्टीकाे संसदीय दलकाे नेता परिवर्तनलाई प्रदेशसभाले मान्यता दिन अस्विकार गरेकाे छ । यस अघि बहुमत सांसदकाे बैठकले संसदीयका नेता धर्मबहादुर चाैधरीलाई हटाएर राजकुमार चाैधरीलाई दलकाे नेता बनाउन प्रदेशसभालाई गरेकाे पत्रचारलाई प्रदेशसभाले मान्यता दिन अस्विकार गरेकाे हाे ।

संसदीय दलकाे नेता परिवर्तन गर्न बहुमत सांसदकाे बैठककाे निर्णय र हस्तक्षण चाहिन्छ । तर राजकुमारले बहुमत सांसदकाे बैठक सहित आफूलाई संसदीय दलकाे नेतामा चयन गरेकाे निर्णय र निवेदन दिएका थिए । सभामुख तुलाराम घर्तीले बैठक निर्णयकाे सक्कल मागेकाे तर राजकुमारले सक्कल पेस नगरेपछि दलकाे नेतामा धर्मबहादुर चाैधरी नै रहेकाे प्रदेशसभाले सार्वजनिक गरेकाे दलगत बिबरणमा उल्लेख छ ।

प्रदेश सभाले बिहीवार उपलब्ध गराएको दलगत विवरणमा संसदीय दलको नेतामा धर्मबहादुर चौधरी नै नाउपाको संसदीय दलको नेता रहेका छन् । दलगत विवरणमा राजकुमार चौधरी प्रमुख सचेतक, नरमाया ढकाल सचेतक र निर्मलादेवी थारु प्रदेश सभा सदस्य रहनु भएकाे छ । यसअघि संसदीय दलको नेताबाट धर्मबहादुर चौधरीलाई हटाएर राजकुमार चौधरीलाई तोकिएको विवरण सहितको पत्र गत ७ गते प्रदेश सभामा पेश गरिएको थियो ।

बहुमत सांसदको सोमबार बसेको बैठकले राजकुमार चौधरीलाई दल नेता बनाउने, प्रमुख सचेतकमा नरमाया ढकाल र सचेतकमा निर्मलादेवी थारूलाई चयन गरिएको जानकारी प्रदेश सभालाई दिइएको थियो । लुम्बिनीमा नाउपाका ४ जना सांसद छन् । संसदीय दलका नेता धर्मबहादुर चाैधरी लुम्बिनी प्रदेशकाे तीन पटक सम्म लगातार मन्त्री बनी सकेका छन् । संसदीय दलको नेताबाट हटाईएका चौधरी पार्टीकी केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ निकट हुन भने राजकुमार संरक्षक रेशमलाल चौधरी पक्षका हुन् । श्रीमान(श्रीमती रहेका रेशम र रञ्जिता बीचको विवादले नाउपा केन्द्रदेखि प्रदेशसम्म दुई भागमा विभाजित भएको छ । यो सँगै लुम्बिनीमा राजकुमारलाई दलको नेता बनाएर मन्त्री बनाउने रेशमको तयारीमा धक्का लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे