लुम्बिनीका मुख्यमन्त्री आचार्यकाे अनुराेध : मलाई भेट्न आउँदा खादा, माला नल्याउनुस्



लुम्बिनीका मुख्यमन्त्री आचार्यकाे अनुराेध : मलाई भेट्न आउँदा खादा, माला नल्याउनुस्

भालुवाङ ११ साउन । लुम्बिनी प्रदेशका नव नियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले आफूलाई भेटन् आउँदा खादा, माला नलिएर आउन आग्रह गरेका छन् । मुख्यमन्त्री आचार्यले  बधाई दिन आउने व्यक्तिहरुबाट खादा, माला, अविर नलगाउने निर्णय गरेकाे बताए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा उनकाे सचिवालयले खादा, माला, अविर नलगाउन निषेध गरेकाे सूचना टाँस गरेकाे छ । सूचनामा नव नियुक्त मुख्यमन्त्री ज्यूलाइ बधाई तथा शुभकामना दिन पाल्नुहुने महानुभाव ज्यूहरु कृपया फुल, माला, टीका, खादा लगायतका सामाग्री नल्याई पाल्नुहुन हार्दिक अनुराेध छ´ उल्लेख छ ।

शपथ ग्रहण तथा पदभार ग्रहण गर्दा उनले खादा, माला पहिरिएकाे भएपनि अन्य दिनकाे भेटघाटमा यस्तो कार्य नगर्न सूचना जारी गर्न लगाएका थिए । शुभकामना, बधाई लिदा खादा, माला लगाउने परम्परा राम्रो भएन´उनले भने-`मैले नै नलगाउने भनेर सूचना निकाल्न लगाएकाे हाे ।´

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे