लुम्बिनीका अर्थमन्त्री आचार्यद्धारा पदभार ग्रहण, बजेट निर्माण सरकारकाे पहिलाे प्राथमिकता रहेकाे भनाई
भालुवाङ ६ बैशाख । लुम्बिनी प्रदेशका आर्थिक मामिला मन्त्री चेतनारायण आचार्यले प्रदेशकाे समृद्धि र विकासलाई केन्द्रमा राखेर बजेटकाे तयारीमा सरकार जुट्ने बताएका छन् । बिहिवार मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले चालु आर्थिक बर्षकाे लागि बिनियाेजन भएको बजेट कार्यान्वयन गर्दै आगामी बर्षकाे लागि बजेट निर्माणमा सरकारले ध्यान केन्द्रित गरेकाे बताएका हुन् ।
सरकारले पूर्णता पाएकाे छ । अब हाम्राे ध्यान विकास र समृद्धिमा केन्द्रीत रहने छ´उनले भने-`सरकारले जनताकाे जीविकोपार्जन बढाउनेगरी काम गर्ने छ ।´ संघीयता कार्यान्वयन र प्रदेशकाे स्थायित्वकाे लागि प्रदेश सरकारले भूमिका बढाउने बताए । लुम्बिनीमा आचार्यकाे नेतृत्वमा एमाले सरकारमा गएकाे हाे । उनी दल उपनेता हुन् । आचार्य सहित पाँच जना मन्त्री एमालेका छन् । चार जनाकाे जिम्मेवारी भने ताेकिएकाे छैन ।
प्रतिक्रिया दिनुहोस्