दाङको मसुरीया नयाँबस्तीमा एक घरगोठमा आगलागी, करिव ५ लाख बराबरको क्षति



दाङको मसुरीया नयाँबस्तीमा एक घरगोठमा आगलागी, करिव ५ लाख बराबरको क्षति

भालुवाङ ३ चैत । दाङको राप्ती गाउँपालिका वडा नम्बर ३ नयाँबस्ती मसुरीया स्थित रामबहादुर चाैधरीको घरगोठमा आगलागी भएको छ ।

शनिबार बेलुका ५:४५ बजेको समयमा खरले छाएको कच्ची घर र गोठमा आगलागी हुँदा घरभित्र रहेको लत्ताकपडा, अन्नपात, कागजात तथा अन्य जिन्सी सामाग्री गरि करिव ४/५ लाख बराबरको क्षति भएको राप्ती गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष उमेश अधिकारीले जानकारी दिएका छन् ।

७/८ वर्षिय बालकले लाइटर खेलाइरहेका बेला लाइटरबाट घरमा आगलागी हुँदा घर जलेर पुर्णरूपमा क्षति भएको छ भने एउटा गोरु जलेर सामान्य घाइते भएको वडा अध्यक्ष अधिकारीले बताएका छन् । आगोलाई टोल विकास संस्था, जनप्रतिनिधि, प्रहरी चाैकी मसुरीका प्रहरी जवान र सशस्त्र प्रहरीले पाैने घण्टा लगाएर नियन्त्रणमा लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे