भालुवाङबाट जन्ती लिएर जाँदै गरेको स्कारपियो कपिलबस्तुमा दुर्घटना



भालुवाङबाट जन्ती लिएर जाँदै गरेको स्कारपियो कपिलबस्तुमा दुर्घटना

बिरेन्द्र गिरी, कपिलबस्तु २८ मंसिर ।

देउखुरीको भालुवाङबाट जन्ती लिएर जाँदै गरेको स्कारपियो कपिलबस्तुमा दुर्घटना भएको छ । भालुवाङबाट कपिलवस्तुको खुनुवा जादै गरेको बा १३ च ३२९२ नम्बरको स्कारपिया कपिलवस्तुको बुद्धभुमी नगरपालिका ९ चौवन्न पुलमा अनियन्त्रित भै दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

स्कारपियोमा ६ जना यात्री रहेको मध्ये चार जना घाईते भएको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जनाएको छ । घाइते सबैको चनरौटा हस्पिटल प्रालिमा उपचार भैरहेको छ । घाइते चारै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे