ज्योति विकास बैंक दर्भान शाखाद्वारा सरस्वती मावि बाङ्गेसालमा वित्तीय साक्षरता कार्यक्रम



ज्योति विकास बैंक दर्भान शाखाद्वारा सरस्वती मावि बाङ्गेसालमा वित्तीय साक्षरता कार्यक्रम

भालुवाङ ९ फागुन । ज्योति विकास बैंक शाखा कार्यालय दर्भान, प्युठानले बुधबार सरस्वती माध्यमिक विद्यालय बाङ्गेसाल प्युठानमा बित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

सो विद्यालयका साधारण तथा प्राबिधिक कक्षा ११ र १२ मा अध्ययनरत करिव ५० भन्दा धेरै विद्यार्थी, अभिभावक र शिक्षकहरु बीच बित्तीय साक्षरता कार्यक्रम गरिएको हो। बैंकको दरभान शाखा प्रमुख प्रकाश जिसीले बैंकको सामान्य काम कर्तब्य, सेवा तथा विशेषताको बारेमा प्रकाश पार्दै डिजिटल बैंकिङ तर्फ मोबाइल बैकिङ सेवा, एटिएम सेवा, क्यु आर भुक्तानी, काड्लेस टान्जेक्सन लगायत बिभिन्न सेवाहरु के कसरी प्रयोग गर्ने, विद्युतीय ठगीबाट कसरी बच्न सकिन्छ भन्ने बारे पनि शाखा प्रमुखले प्रष्ट पारेका थिए ।

बैंकका दरभान शाखाका कर्मचारी लगायत शाखा प्रमुखको उपस्थिति तथा स्कुलका शिक्षकको सहजीकरणमा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भक्तबहादुर मर्साङीले विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम गरेकोमा बैंकलाई धन्यवाद दिएका थिए । साथै आगामी दिनहरुमा पनि वित्तीय साक्षरता सम्वन्धी कार्यक्रमहरुलाई निरन्तरता दिन समेत अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे