देउखुरीकाे लमहीमा मोटसाइकल र ट्रेक्टर ठोक्किदा दुई जना घाईते



देउखुरीकाे लमहीमा मोटसाइकल र ट्रेक्टर ठोक्किदा दुई जना घाईते

लमही २७ मंसिर । देउखुरीकाे लमहीमा मोटसाइकल र ट्रेक्टर एक आपसमा ठोक्किदा दुई जना घाइते भएका छन् । लमहीदेखि गढवा जाँदै गरेको रा २ प २७५० नम्बरको मोटरसाइकल र गढवादेखि लमही आउँदै गरेको लु २ त १८४८ नम्बरको टेक्टरसंग लमही नगरपालिका वडा नं. ३ भुरिपुर भन्ने स्थानमा एक आपसमा ठोक्किदा दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक लमही नगरपालिका वडा नंं. ५ निवासी १७ वर्षीय शेखर डिसी र सोही वडा निवासी नेहा डिसी घाइते भएका छन् । उनीहरुको अहिले लमही अस्पतालमा उपचार भइरहेको छ ।

उक्त स्थानमा केहि दिन यता दैनिक जसो दुर्घटना भइरहेका छन् । शुक्रवार मोटरसाइकल दुर्घटना हुँदा दुई जना विद्यार्थी गम्भीर घाइते भएका थिए, ति घाइते मध्ये एक जनाको मृत्यु भैसकेको छ भने अर्का घाइतेको कोहलपुर मेडिकल कलेजमा उपचार भैरहेको छ ।

“आज शनिवार भएको दुर्घटना स्थल साघुरो छ, अर्को कुरा नयाँ बाटो भएका कारण चालकले सवारी साधनको गति तिब्र पार्छन र नियन्त्रण गुमाउछन अनि दुर्घटना हुन्छ” वडा प्रहरी कार्यालय लमहीका निमित्त प्रमुख पुराण मल्लले भने । टेक्टर चालकलाई वडा प्रहरी कार्यालय प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे