लमहीमा व्यापारीक महोत्सव सुरु, दाङ चेम्बरका अध्यक्ष अग्रवालद्वारा उद्घाटन
लमही ५ माघ । दाङको लमहीमाब शुक्रबार देखि १७ गतेसम्म ‘दोस्रो देउखुरी कृषि, पर्यटन, उद्योग तथा व्यापारीक महोत्सव २०८०’ सुरु भएको छ ।
सो महोत्सवको दाङ चेम्बर अफ कमर्स दाङका अध्यक्ष बिकास अग्रवालले उद्द्घाटन गरेका छ । महोत्सवको लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उद्दघाटन गर्ने तय भए पनि मुख्यमन्त्री चौधरीलाई रास्ट्रिय सभाको निर्वाचन आचारसंहिता लागेपछि दाङ चेम्बर अफ कमर्स दाङका अध्यक्ष अग्रवालले उदघाटन गरेका हुन् । उदघाटन गर्दै अग्रवालले देउखुरीको मुटु लुम्बिनी प्रदेश राजधानी रहेको क्षेत्र लमही ब्यापार उद्योग देखि कृषिका पर्बल सम्भावना रहेकोले यसको प्रबर्द्धनका लागि महोत्सवले टेवा पुराउने बताए ।
पछिल्लो समयमा बढ्दो बिदेश युवा पलायन रोक्न रोजगार बढाउन कृषि र उधोग बढाउन आबश्य रहेको बताए । उनले प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले २ लाख युवालाई रोजगार दिने गरि प्रदेश सरकारले कार्यक्रम ल्याएकोमा प्रशंसा गर्दै कार्यान्यनको माग गरे । अहिले ब्यापारमा तरता छ, अर्को बैंकमा पैसा थुप्रो लागेको अबस्था छ।बैंकहरुको चर्को ब्यजदर र अनेक बहाना दुख्ख दिने काम भएको छ, बैंक आतंक बन्द गरि सुलभ कर्जा पाए फेरि आर्थिक चलमायन हुन्छ उनले भने । महोत्सवले देउखुरीमा उत्पादन भएका रैथाने कृषि उत्पादन ,यहाँका धार्मिक तथा पर्यटकिय ,थारु कल्चर प्रचारप्रसारमा सहयोग पुग्ने बताए ।कार्यक्रममा सहभागी राजनीति दल, संघ सस्थाहरुका प्रतिनिधिहरुको बाक्लो सहभागीता रहेकोथियो । विभिन्न भेष भुषा सहित झाकी रनिकालिएको थियो
देउखुरी कृषि, पर्यटन, उद्योग तथा ब्यापारिक महोत्सव लमही नगरपालिका वडा नम्बर ५ मा अबस्थित जैविक बिबिधता ग्रीन पार्क परिसरमा संचालन भएको छ ।
महोत्सवमा कृषि, पर्यटन, उद्योग, व्यापारलगायत क्षेत्रका १ सय ५० बढि स्टल रहको चेम्बर अफ कमर्सका महासचिव केशव अधिकारले बताए । हाल सम्म महोत्सवको करिब ७० भन्दा बढि स्टल बुकिङ्ग भइसकेको मेला ब्यबस्थापक बिनोद बुढाथोकीले जानकारी दिए । महोत्सवमा स्थानीयस्तरमा उत्पादित वस्तु तथा सेवालाई प्राथमिकता दिइने मेला आयोजक चेम्बर अफ कमर्सको भनाई छ ।