राप्ती गाउँपालिकाद्वारा माघ ३ गते माघ तथा माघे संक्रान्ति पर्वको सार्वजनिक बिदा



राप्ती गाउँपालिकाद्वारा माघ ३ गते माघ तथा माघे संक्रान्ति पर्वको सार्वजनिक बिदा

भालुवाङ २९ पुस । दाङको राप्ती गाउँपालिकाले माघ तथा माघे संक्रान्ति पर्वको अवसरमा माघ ३ गते बुधबार सार्वजनिक बिदा दिएको छ। पालिकाले थारु तथा मगर समुदायहरुले विशेष पर्वको रुपमा मनाउने उक्त पर्वको अवसरमा राप्ती गाउँपालिका र मातहतका कार्यालयहरुमा सार्वजनिक बिदा दिएको एक सुचना जारी गरि जानकारी गराएको छ ।

पालिका क्षेत्रमा थारु र मगर समुदायले माघी पर्वलाई विशेष पर्वका रुपमा मनाउने गरेका छन् । गाउँ कार्यपालिकाकाे निर्णय अनुसार विदा दिएको पालिकाका अध्यक्ष प्रकाश विष्ट द्धारा जारी सुचनामा उल्लेख छ । यसैबिच साे पर्वको अवसरमा माघ १ गते नेपाल सरकार र २ गते लुम्बिनी प्रदेश सरकारद्धारा प्रदेश भर सार्वजनिक बिदा दिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे