संसदीय मामिला पत्रकार समाज लुम्बिनीको अध्यक्षमा घनश्याम गाैतम निर्विरोध निर्वाचित



संसदीय मामिला पत्रकार समाज लुम्बिनीको अध्यक्षमा घनश्याम गाैतम निर्विरोध निर्वाचित

लुम्बिनी २१ पुस । संसदीय मामिला पत्रकार समाज लुम्बिनी प्रदेशकाे अध्यक्षमा घनश्याम गाैतम निर्विरोध निर्वाचित भएका छन् ।

समाजको शनिबार लुम्बिनीमा भएको दाेस्राे अधिवेशन तथा तेस्राे साधारणसभाले गाैतमको अध्यक्षतामा ३ सदस्य पछि मनोनित गर्ने गरि १५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ ।

समाजको उपाध्यक्षमा केपी घिमिरे, महासचिवमा नारायण खड्का, सचिव दिपक घिमिरे, कोषाध्यक्षमा दशरथ घिमिरे, समावेशी सचिव राधा बस्नेत(रिया) रहेका छन् । त्यसै गरि सदस्यहरूमा अर्जुन कुमार अधिकारी, किरण जिसी, अमरराज भण्डारी, छवि पुरी, यमकला भुसाल, टोपराज शर्मा निर्विरोध निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे