माछा मार्ने क्रममा रात्री प्रावि गंगदीका कार्यालय सहयोगी चौधरीको मृत्यु



माछा मार्ने क्रममा रात्री प्रावि गंगदीका कार्यालय सहयोगी चौधरीको मृत्यु

राजपुर २१ पुस। दाङको राजपुर गाउँपालिकाको राप्ती नदिमा माछा मार्ने क्रममा गएराती एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा राजपुर-६, गंगदीका ४० वर्षीय शुकदेव चौधरी रहेका छन्। राप्ती नदिमा माछा मार्ने क्रममा उनकोे गए राती मृत्यु भएको हो।

श्री रात्री प्राथमिक विद्यालय गंगदीका कार्यालय सहयोगीका रूपमा काम गर्दै आएका चौधरीको शव परीक्षणका लागि लमही अस्पताल लग्ने तयारी भइरहेको प्रहरी निरीक्षक नविन वलीले जानकारी दिनुभएको हो।

रातीको समयमा राप्ती नदिमा माछा मार्ने क्रममा करेन्ट लागेर वा डुवेर मृत्यु  भएको बारे  अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नविन वलीले जानकारी दिएकी छिन्।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे