मसुरीया महायज्ञमा ७ लाख बढी दान संकलन, भरतराज न्याैपाने अहिले सम्मकै उत्कृष्ट दानवीर



मसुरीया महायज्ञमा ७ लाख बढी दान संकलन, भरतराज न्याैपाने अहिले सम्मकै उत्कृष्ट दानवीर
भालुवाङ ३ पुस । लुम्बिनी प्रदेशको राजधानी स्थल दाङ–देउखुरीको राप्ती गाउँपालिका –३ मसुरियामा सञ्चालित महायज्ञमा अहिले सम्म ७ लाख २७ हजार रूपैयाँ संकलन भएको छ ।
गत मंसिर २७ गते बाट संचालित महायज्ञको छैठौं दिन सम्ममा सो रकम संकलन भएको सचिवालय सदस्य दलबहादुर घर्तीले जानकारी दिएका छन् । महायज्ञमा ५१ हजार ५ रूपैयाँ दान गर्ने राप्ती गाउँपालिका ३ बाघढड्डी निवासी भरतराज न्यौपाने अहिले सम्मकै उत्कृष्ट दानवीर बनेका छन् । घण्टदेव धाम धार्मिक पर्यटकिय जलाधार संरक्षण स्थलको प्रारम्भिक पूर्वाधार निर्माण तथा अक्षयकोष स्थापनाका जारी श्रीमद् भागवत महापुराण सप्ताह धनधन्याचल ज्ञान महायज्ञमा  न्यौपानेले सो रकम दान गरि अहिले सम्मकै उत्कृष्ट दानवीर बनेका हुन् । त्यसै गरि महायज्ञमा राप्ती गाउँपालिका ३ बाघढड्डी निवासी डम्बरबहादुर जिसीबाट ३२ हजार २५, राप्ती गाउँपालिका ३ मसुरीया निवासी नारायण प्रसाद भुसालबाट ३१ हजार ५ सय ५५, राप्ती गाउँपालिका ३ बाघढड्डी निवासी सिताराम गिरीबाट २५ हजार ५५, बुटवल उपमहानगरपालिका ९ मिलनचोक निवासी धर्मराज अधिकारीबाट २५ हजार ५, राप्ती गाउँपालिका वडा नम्बर ४ माैरीघाट निवासी गणेश जिसीबाट १७ हजार ५०, राप्ती गाउँपालिका ३ मसुरीया निवासी सन्तोष कुमार घिमिरेबाट १५ हजार ५ सय ५५, राप्ती गाउँपालिका २ बराखुट्टी निवासी हेमकुमार खड्काबाट १५ हजार ५५, राप्ती गाउँपालिका ३ बाघढड्डी निवासी हरिकला खनालबाट १५ हजार ५ रूपैयाँ दान संकलन भएको प्रचारप्रसार समिति संयोजक मोतीराम भट्टराईले जानकारी दिएका छन् ।
यस्तै महायज्ञमा राप्ती गाउँपालिका ३ मसुरीया निबासी दुर्गाभवानी आधारभुत विद्यालय कक्षा ३ मा अध्ययनरत  ९ वर्षिय बालक नारायण चौधरीले आफ्नो खाजा खर्च कटाई खुत्रुके फोडेर ३ हजार ५ रूपैयाँ दान गरेका छन् । त्यस्तै राप्ती गाउँपालिका ३ मसुरीया निवासी ८ वर्षिया बालिका  बिबिशा अधिकारीले टिका लगाएकाे दक्षिणाबाट १ हजार ११ रूपैयाँ महायज्ञमा दान गरेकी छिन् । महायज्ञ अवधीभर नेपालकै ख्याती प्राप्त प्रखर वाचक व्यासाचार्य श्री भक्तराज जोशी भगवतशरण ज्यूको श्रीमुखारबिन्दवाट सु–मधुर शैलीमा कथा वाचन भईरहेको आयोजकले जानकारी दिएको छ । महायज्ञमा   मण्डप पुजा मंसिर २७ देखि पुस ४ गते सम्म दैनिक विहान ६ बजे देखि ८ बजे सम्म, दैनिक भागवत पाठ परायण, भजनकिर्तन साथै देवलिला झाँकी विहान ८ बजे देखि १० बजे सम्म, दैनिक प्रवचन विहान ११ बजे देखि ४ बजे सम्म र बेलुका ७ बजे देखि राति १० बजे सम्म, लाखबत्ती जागाराम पुस ४ गते र महायज्ञ समापन पुस ४ गते राति गरिने आयोजकले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे