राजपुरमा पिकअपकाे ठक्करबाट मोटरसाइकल चालककाे ज्यान गयो, आर्का १ जना गम्भीर घाइते



राजपुरमा पिकअपकाे ठक्करबाट मोटरसाइकल चालककाे ज्यान गयो, आर्का १ जना गम्भीर घाइते

गढवा  १४ कार्तिक । दाङ देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २ साेमयथान मन्दिर अगाडि पिकअप गाडीले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको ज्यान गएको छ भने आर्का १ जना गम्भिर घाईते भएका छन् ।

किराना सामान बोक्ने लु ३ च ३८५३ पिकअप गाडीले राजपुर-२, सोमाइथान मन्दिर अगाडि रा २ पा ४९११ नम्बरको मोटरसाइकललाई मंगलबार राति करिब ८ बजेतिर ठक्कर दिएको थियाे। पिकअप गाडीकाे ठक्करबाट मोटरसाइकल चालक राजपुर-२ बेला निवासी २१ वर्षीय श्रवण यादवको घटना स्थलमो मृत्यु भएको छ भने सोही ठाउँ निवासी २६ वर्षीय सबिना यादव गम्भिर घाईते भएको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ।

गाडी चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ भने घाइतेलाई उपचारको लागि लमही अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे