राष्ट्र सङ्घका महासचिवको भ्रमणको तयारी पूरा, अहिले राति नेपाल आउँदै



राष्ट्र सङ्घका महासचिवको भ्रमणको तयारी पूरा, अहिले राति नेपाल आउँदै

काठमाण्डाै ११ कार्तिक । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसको भ्रमणको तयारी पूरा भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको  निमन्त्रणामा उनी चार दिने भ्रमणमा आज शनिवार राति नेपाल आउँदै छन् ।

विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि अनुसार उनको सुरक्षा व्यवस्था गरिएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।  नेपाली सेनाले पनि आफूलाई प्राप्त जिम्मेवारीअनुसार सुरक्षा व्यवस्था मिलाएको जनाएको छ । नेपाली सेनाको आफ्नै अतिविशिष्ट व्यक्ति सुरक्षा निर्देशनालयबाट सुरक्षा व्यवस्था गरिएको जनाएको छ ।

भ्रमणका क्रममा महासचिव गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री प्रचण्डसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्नुका साथै पूर्वप्रधानमन्त्री, प्रमुख राजनीतिक दलका नेतालगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उनले कात्तिक १४ गते सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने छन् । उनले काठमाण्डाै उपत्यकाका पुरातात्त्विक क्षेत्र, लुम्बिनी, पोखरा, अन्नपूर्ण आधार शिविरलगायत क्षेत्रको भ्रमण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे