मदनपोखरा संगम सहकारीको साधारणसभा सम्पन्न



मदनपोखरा संगम सहकारीको साधारणसभा सम्पन्न

तानसेन ३० असाेज । मदनपोखरा संगम बहुउद्देश्यिय सहकारी संस्था लिमिटेडको पाँचौ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

तानसेन ९ तिन्टीआँप स्थित सहकारीको पाँचौ वार्षिक साधारणसभा सम्पन्न भएको हो । साधारणसभाको उद्घाटन गर्दै प्रदेशसभा सदस्य तथा पुर्व मन्त्री बीर बहादुर रानाले सामुहिक रुपमा आर्थिक सामाजिक र सांस्कृतिक प्रगतीको विचार बोकेका ज्ञान तथा शीप सिक्न चाहाना भएका र समाजिक एवं सांस्कृतिक रुपमा समाज परिवर्तन गर्ने भावना भएका आम नागरिकहरुको संस्था सहकारी भएको बताए ।

रानाले संस्थाहरु कुनै व्यक्ति द्धारा नभएर समुहद्धारा प्रजातात्रिक तवरले संचालित हुने भन्दै सहकारी संस्थाले आफ्ना सदस्यहरुमा बचत गर्ने बानीको विकास गराई आफ्ना सदस्यहरु बीच ऋण प्रवाह गर्दै सामुहिक लगानीका आधार निर्माण गर्ने बताए । सभामा संस्थाका अध्यक्ष घनश्याम घिमिरेले १४ करोड १७ लाख ३२ हजार ८ सय ८४ रुपैंया ८० पैसा बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरे । संस्थाको १ करोड ९१ लाख ३६ हजार ३ सय रुपैंया सेयर पुँजी र ५० लाख ३९ हजार ६ सय ९६ रुपैंया आयकर पछिको शुद्ध नाफा रहेको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका उपप्रमुख काशिका गैरे, सहकारी संघ पाल्पाका अध्यक्ष भुपती पाण्डेय, सहकारी बैंक बुटवलका शाखा प्रवन्धक नारायण बेलबासे, तानसेन ९ का वडाध्यक्ष राजेशकुमार अर्याल, तानसेन ८ का वडाध्यक्ष सोमनाथ अर्याल, पुर्व जनप्रतिनिधिहरु हरिसुमर रेग्मी, मुक्तिराम जिसी, पाल्पा अस्पताल विकास समितिका अध्यक्ष गुरास आत्रेय, सुनाखरी सहकारीका सचिव दिनेश बस्याल, दमकडा माविका प्रधानाध्यापक मोहन प्रसाद सापकोटालगाएतले संस्थामा आवद्ध सदस्यहरु बीच सहकार्य, एकता, ज्ञान, सीप, अनुभव आदिको आदान प्रदानगरि सदस्यहरुलाई समान आर्थिक अवसर प्रदान गर्नुपर्ने कुरामा जोड दिएका थिए ।

साधारण सभाको अवसरमा एसइई परिक्षामा ३.७० जिपिए ल्याउने सेयर सदस्यका छोराछोरी, धेरै कृषि उपज उत्पादन, उत्कृष्ट कृषकलगाएतलाई सम्मान समेत गरिएको समितिका सचिव छविलाल भट्टराईले जानकारी दिए । सहकारीले गत आर्थिक वर्षमा १ करोड ८४ लाख ७६ हजार ८ सय १८ रुपैंया बराबरको ६ लाख ५८ हजार ९ सय ९२ केजी तरकारी विक्रि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे