सल्यानमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, १७ यात्रु घाइते



सल्यानमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, १७ यात्रु घाइते

दाङ १२ असाेज । सल्यानमा शुक्रबार भएको जीप दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर १७ जना घाइते भएका छन् । शारदा नगरपालिका वडा नम्बर १२ तिमिलेकी ७६ वर्षीया धुर्बी बोहरा र सोही नगरपालिका – १५ बरलाकी ४५ वर्षीया मुना सेजवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

दुर्घटनामा परेर घाईते भएका दुइ जनाको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । छत्रेश्वरी गाउँपालिका–५ लेखपोखरबाट शारदा नगरपालिका–१२ कागखोला जाँदै गरेको लु १ ज १८६१ नम्बरको जीप छत्रेश्वरी–५ तिर्पोलेमा दुर्घटना भएको हो। घाइतेलाई उपचारका लागि श्रीनगर पठाइएको प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिए । जीप सडकबाट तल खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे