रोटरी क्लव अफ राप्तीद्धारा बराह प्रावि बगासोतीका ४० जना विद्यार्थीलाई झोला वितरण



रोटरी क्लव अफ राप्तीद्धारा बराह प्रावि बगासोतीका ४० जना विद्यार्थीलाई झोला वितरण

भालुवाङ १० असोज । रोटरी क्लव अफ राप्तीले विद्यालयमा अध्ययनरत  विद्यार्थीहरुलाई झोला वितरण गरेको छ । दाङकाे राप्ती गाउँपालिका वडा नं. १ बगासोतीमा रहेको बराह प्राथमिक विद्यालयमा अध्ययनरत ४० जना विद्यार्थीहरुलाई क्लबले बुधबार एक कार्यक्रमका बीच शैक्षिक सामाग्री अन्तर्गत झोला वितरण गरेको हाे ।

राेटरी क्लव अफ लमजुङको विशेष सहयाेगमा कक्षा एक देखि कक्षा चार सम्म अध्ययनरत विद्यार्थीहरुलाई उक्त झोला वितरण गरिएको थियो । आर्थिक अवस्था कमजोर भएका कारण झोला किन्न नसक्ने विकट वस्तीका विद्यार्थीहरुलाई उक्त सहयोग गरिएको क्वलका अध्यक्ष बासुदेव न्यौपानले जानकारी दिए ।

‘किताव कापी हातमा बोक्दा च्याथिने डर हुन्छ । पानी पर्दा भिज्ने समस्या भएकाले विद्यार्थीलाई झोला प्रदान ग¥यौं’अध्यक्ष न्यौपानेले भने, ‘अब विद्यार्थीलाई पानी पर्दा किताव भिज्ने डर हुँदैन ।’ अध्यक्ष न्याैपानेले भने ।

क्लवका अध्यक्ष न्यौपानको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेनुका राई, प्रधानाध्यापक भिस्मा विक, रोटरी क्लवका तपराज आचार्य, गोपाल आचार्य, बसन्त गिरी र अनिल केसी लगायतले विद्यार्थीलाई झोला हस्तान्तरण गरेका थिए ।

 

विकट ठाउँको विद्यालयलाई प्राथमिकता दिएर सहयोग गरेकोमा विद्यालयका प्रधानाध्यापक भिस्मा विकले धन्यवाद ज्ञापन गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे