राप्ती गाउँपालिकाले लैंगिक हिंसा विरूद्वको सामाजिक अभियान विषयमा तीज गीत प्रतियोगिता गर्ने



राप्ती गाउँपालिकाले लैंगिक हिंसा विरूद्वको सामाजिक अभियान विषयमा तीज गीत प्रतियोगिता गर्ने

भालुवाङ २४ भदाै । दाङको राप्ती गाउँपालिकाले लैंगिक हिंसा विरूद्वको सामाजिक अभियान विषयमा तीज गीत तथा नृत्य प्रतियोगिता आयोजना गरेको छ ।

गाउँ कार्यपालिकाको आइतबार मसुरियामा बसेको बैठकले भदाै २६ गते गाउँपालिकाको सभाहल मसुरियामा प्रतियोगिताको आयोजना गरेको हो । हरितालिका तीज तथा अट्वारी पर्वको अवसरमा गाउँपालिकाले तीज गीत तथा नृत्य प्रतियोगिता सँगै दर खाने कार्यक्रम तय गरेको प्रशासन शाखा प्रमुख विकास ज्ञवालीले जानकारी दिएका छन् । सो कार्यक्रमलाई मर्यादित तथा व्यवस्थित बनाउन कार्यपालिका सदस्य पार्वती सुवेदीको संयोजकत्वमा ६ सदस्य कार्यक्रम संयोजन समिति गठन गरेको छ ।

जस अनुसार सदस्य सचिवमा जीवन कुमारी जिसी र सदस्यहरूमा चम्फा भुसाल, सावित्री चौधरी, गिता चौधरी, सिमा भट्ट रहेका छन् । प्रतियोगितामा पुरस्कारको समेत व्यवस्था गरिएको छ । जसमा प्रथम पुरस्कार नगद रू. १० हजार र प्रमाणपत्र, द्धितीय पुरस्कार नगद रु ७ हजार ५ सय र प्रमाणपत्र, तृतीय पुरस्कार नगद रु ५ हजार र प्रमाणपत्र भने सान्तवना पुरस्कार रु ३ हजार र प्रमाणपत्र रहेको प्रशासन शाखा प्रमुख ज्ञवालीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे