प्रथम स्व. किशोर पुन स्मृती रनिङ शिल्ड फुटबलकाे उपाधी युनाइटेड लालमटिया युथ क्लवलाई



प्रथम स्व. किशोर पुन स्मृती रनिङ शिल्ड फुटबलकाे उपाधी युनाइटेड लालमटिया युथ क्लवलाई

भालुवाङ ३२ साउन । प्रथम स्व. किशोर पुन(बने दाई) स्मृती रनिङ शिल्ड फुटबलमा अयोजक समुह युनाइटेड लालमटिया युथ क्लवले उपाधी हात पारेको छ ।

युनाइटेड लालमटिया युथ क्लवको आयोजनामा दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा शुक्रबार देखि सुरु भएकाे प्रथम स्मृतिकप रनिङ शिल्ड फुटबल प्रतियोगिताकाे उपाधी युनाइटेड लालमटिया युथ क्लवले  हात पारेको हाे । स्व. किशोर पुन( बने दाइ) को स्मृतिमा प्रथम स्मृति कप रनिङ शिल्ड फुटबल प्रतियोगिताकाे बुधबार भएको फाइनल खेलमा एपिएफ चन्रौटा लाई १–० को अन्तरले हराउँदै युथ क्लवले शिल्ड, ट्रफि सहित ५० हजार हात पारेको हो । एफिएफले भने दोस्रो हुँदै २५ हजारमा चित्त बुझाएको छ । पहिलो हाफ बराबरीमा रुकेको खेलमा दोस्रो हाफमा युथ क्लबका ब्रिजेश विष्टले कर्नर किकमा हेड गर्दै गरेको गोल नै निर्णायक हुन पुग्यो । ६ दिन देखि जारी खेलमा १२ वटा क्लवले भाग लिएका थिए । विजेता समुह युनाइटेड लालमटिया युथ क्लवलाई स्व. किशोर पुन (बने दाई) को आमाले ट्रफि प्रदान गरेकी थिइन् ।

त्यसैगरी खेलाडीलाई एन्फाका केन्द्रीय उपाध्यक्ष दिर्घ बहादुर केसीले प्रमाण पत्र प्रदान गरे भने वडा नं. २ का वडा अध्यक्ष पहलमान चौधरी र ३ का वडा अध्यक्ष उमेश अधिकारीले टिका लगाई दिएका थिए । बिजेता र उपबिजेता समुहलाई भाई तिलक पुनले रकम हस्तान्तरण गरेका थिए । उत्कृष्ठ खेलाडी युथ क्लवका ब्रिजेश बिष्टले गोल्डेन बल, उत्कृष्ठ गोलकिपर बिकास राईले गोल्डेन ग्लोब्स र एपिएफका महेन्द्र साहीले धेरै गोल गर्दै गोल्डेन बुट हात परे । उनीहरुलाई स्व. किशोर पुन(बनेदाई) की दिदि, भिनाजु, श्रीमतीले गोल्डेन बल, ग्लोब्स, बुट प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे