शिवसवरी धाम पहरूवामा बोलबम कार्यक्रम सम्पन्न



शिवसवरी धाम पहरूवामा बोलबम कार्यक्रम सम्पन्न

सिसहनियाँ २९ साउन । दाङको देउखुरीमा बोलबम कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

राप्ती गाउँपालिका ५ पहरूवा स्थित शिवसवरी धाम धार्मिक केन्द्रको आयोजनामा बोलबम कार्यक्रम सम्पन्न गरिएको हो । हिन्दु धर्मको संरक्षण तथा धार्मिक प्रचलन जोगाइ राख्न बोलबम कार्यक्रम राखिएको बताइएको छ ।

शिवसवरी धामबाट गंगाको जल लिएर भक्तहरूको एक टोलीले शिवसवरी धामबाट पुर्व दोलाई खोला, पहरूवा, कालापानी हुँदै बोलबम बोलबम भन्दै पुन धाममा आइ भजनकृतन, पुजापाठ, होम र भण्डारा गरि कार्यक्रम समापन गरिएको हो ।

बोलबम कार्यक्रममा धामकी संरक्षक शिवलक्ष्मी चाैधरी, धामकै संस्थापक अध्यक्ष मिश्रुलाल चाैधरी, देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ता, दंगाली अनलाइनका कार्यकारी सम्पादक मुक्तिराम पाैडेल लगायत भक्तजनहरूको उल्लेखीय सहभागीता रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे