समाजसेवी बबिता मल्लद्वारा निलसागरलाई ५१ हजार रुपैयाँ सहयोग



समाजसेवी बबिता मल्लद्वारा निलसागरलाई ५१ हजार रुपैयाँ सहयोग

देउखुरी २७ साउन । दाङको राप्ती गाउँपालिका वडा नं. ८ पिपरी घर भई हाल अस्ट्रेलिया बस्दै आएकी बबिता मल्ल (निमा)ले राप्ती गाउँपालिका ८ पिपरीमा रहेको निलसागर सेवा आश्रम दाङलाई ५१ हजार रुपैयाँ सहयोग प्रदान गरेको छ ।

मल्लले आश्रममा रहेका असहाय, बेसहारा मानवहरुका लागि खाना तथा उपचार सहयोगका लागि आश्रममै आइ साे रकम प्रदान गरेका हुन् । मल्लले आश्रममा रहेका बेसहाराहरुलाई सानाे भए पनि सहयोग गर्न पाउदा खुशी र आनन्दित महसुस भएको बताए । मल्ल शंकर सामुदायिक वन पिपरीका अध्यक्ष तथा समाजसेवी तुलाध्वज मल्लकी छाेरी हुन्।

आश्रमका कार्यवाहक अध्यक्ष गरिबु चाैधरीले  मल्लकाे सहयोगले पछिल्लो समयका युवा पुस्ताहरुलाई समाज र मानव सेवा प्रति सहयोगकाे भावना जागरुक गराई सामाजिक उत्तरदायित्वका कार्यहरु प्रति अग्रसर हुन थप टेवा पुग्ने विश्वास व्यक्त गर्दै सहयोगका लागि  धन्यवाद समेत ज्ञापन गरेका थिए

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे