लुम्बिनीमा सरकार गठन भएकाे आज एक सय दिन पुरा, उपलब्धी सार्वजनिक गर्ने तयारी



लुम्बिनीमा सरकार गठन भएकाे आज एक सय दिन पुरा,  उपलब्धी सार्वजनिक गर्ने तयारी

भालुवाङ २१ साउन । लुम्बिनी प्रदेश सरकारले गठन भएकाे आज ठिक एक  सय दिन पुगेको छ । सरकार गठनकाे सय दिनकाे अवसरमा प्रदेश सरकारले आज आइतबार पत्रकार सम्मेलन गरी  एक सय दिनकाे उपलब्धि सार्वजनिक गर्ने भएको छ ।

सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेले आज आइतबार दिउँसो साढे २ बजे देउखुरीस्थित मुख्यमन्त्री कार्यालयमा पत्रकार सम्मेलन गरेर सय दिनका उपलब्धि सार्वजनिक गर्ने जनाएकाे छ ।

वैशाख १४ गते प्रदेश सभामा रहेका १० मध्ये ८ दलको सहभागितामा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी मुख्यमन्त्री बनेका थिए । ८७ सदस्यीय प्रदेश सभामा कांग्रेस, माओवादी, नागरिक उन्मुक्ति, जसपा, लोसपा, नेकपा एस, जनमोर्चा र स्वतन्त्र सांसद गरी ५३ जनाको समर्थन रहेको छ । नेकपा एमालेका २९ र राप्रपाका ४ सांसद प्रतिपक्षमा छन् ।

मुख्यमन्त्री चौधरीले गठबन्धन र खास गरी पार्टीभित्रको विवाद मिलाउन नसकेका कारण अहिलेसम्म सरकारलाई पूर्णता दिन सकेका छैनन् । अहिलेसम्म ७ जनाको मन्त्रिपरिषद् रहेको छ ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे