भिडियो भाइरल गरिदिने धम्की दिएर बलात्कार गर्न खोज्ने युवक बुटवलबाट पक्राउ



भिडियो भाइरल गरिदिने धम्की दिएर बलात्कार गर्न खोज्ने युवक बुटवलबाट पक्राउ

बुटवल १२ साउन। युवतीलाई बारम्बार ब्लाकमेल गरी यौन सम्पर्कका लागि बाध्य पार्ने युवक बुटवलबाट पक्राउ परेका छन् । ती युवतीलाई जबरजस्ती करणी गरी भिडियो सार्वजनिक गरिदिने धम्की दिएपछि युवतीले प्रहरीमा जाहेरी दिएकी थिइन् ।

भिडियो भाइरल गरिदिने भन्दै युवकले पटक पटक करणी गरेको पाइएको छ। बुटवल उपमहानगरपालिका- ९ बस्ने २४ वर्षीय आशिष सुनार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रहरीका अनुसार सुनारले बैशाख ५ गते बिहान पाल्पाको तानसेन नगरपालिका- ३ भगवतीटोलस्थित एक होटलमा रुपन्देहीकै २५ वर्षीय महिलालाई करकापमा पारी डर त्रास देखाई जबरजस्ती करणी गरेका थिए ।

करणीपछि त्यसको भिडियो बनाइ सुनारले ती महिलालाई पटक-पटक फोन तथा म्यासेज गरी डर त्रास देखाई भेट्न नआए भिडियो भाइरल गर्ने धम्की दिएको खुलेको प्रहरीले जनाएको छ ।

सुनारले पछिल्लो पटक साउन ९ गते पीडितलाई फोन गरी बुटवल उपमहानगरपालिका- ११ माझगाउँमा बोलाई सोही स्थानमा रहेको होटलमा लगी जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

पीडित महिलाले शुक्रबार जिल्ला प्रहरी कार्यालय पाल्पामा लिखित जाहेरी दिएकी थिएन् । त्यसलगत्तै पाल्पाबाट खटिएको प्रहरी टोलीले इलाका प्रहरी कार्यालय बुटवलको समन्वयमा सुनारलाई बुटवलबाट नियन्त्रणमा लिएको थियो

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे