चौतारी अध्यक्ष बस्नेत र गृहमन्त्री श्रेष्ठ बीचको विवाद मिल्यो, साईबर ब्युरोबाट उजुरी फिर्ता



चौतारी अध्यक्ष बस्नेत र गृहमन्त्री श्रेष्ठ बीचको विवाद मिल्यो, साईबर ब्युरोबाट उजुरी फिर्ता

काठमाण्डौं ६ साउन । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ बीच देखिएको असमझदारी मिलेको छ । चौतारी अध्यक्ष बस्नेतले उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ बीच भेट पछि सहमति भएको हो ।

अवैध सुन प्रकरणमा गृहमन्त्रीको संलग्नता भएको आशयको अभिव्यक्तिका कारण विवाद बढ्दै गएपछि उनीहरुले भेटवार्ता गरेका हुन् । भेटवार्ता पश्चात सबै कुराहरुको असमझदारि वसेर वार्तालापबाट समाप्त गरिएको हो । साईबर ब्युरोबाट उजुरी फिर्ता भएपश्चात यो सहमतीसँगै प्रेस चौतारी नेपालले आगामी विरोध र आन्दोलनका कार्यक्रमहरु स्थगीत गरेको छ ।

भेटवार्तापछि बस्नेतको स्ट्याटस जस्ताको त्यस्तै
माननीय उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसंग आज छलफल भयो । उहाँले पुरानै मित्रवत शैलीमा गणेशजीले नै मेरोबारे यस्तो लेख्ने ? भनेर हास्नु भयो । मैले तपाईलाई नै किटान गरेर कहाँ लेखेको छु भने । छलफलबाट निचोड निकालियो–अहिलेसम्मको असहमतीको अन्त्य गर्ने । नेपाल प्रहरीको साइबर ब्यूरोमा सचिवालयबाट मेरोविरुद हालेको उजुरी फिर्ता भएको छ ।

धन्यवाद माननीय गृहमन्त्री नारायणकाजी कमरेड । केही बुझाईमा फरक परेछ हामीबीच तर नियत गलत थिएन । विमानस्थलमा बरामद सुन प्रकरणमा मैले प्रश्न गरेको थिए, त्यो प्रश्नले मेरो नियतमाथि नै प्रश्न उठाउने काम भयो गणेशजी भन्नुभयो, मेरो समाचार स्रोत गलत परेछ त्यो कारणले तपाईको प्रतिष्ठामा परेको असरप्रति दुःख व्यक्त गर्छु भने । उहाँले अंगालो हाल्नु भयो । समस्याको समाधान भयो । प्रेस चौतारी नेपालको आन्दोलनका सवै कार्यक्रम स्थिगत भएको छ । साथै आफू भ्रष्टाचारविरुद कुनै समझौता नगर्ने उहाँको अडानमा समर्थन गर्दै भ्रष्टाचारविरुद्धको अभियानमा एक्यवद्दता जनाइयो । यो अभियानमा साथ दिने प्रेस चौतारी नेपालका प्रिय मित्रहरू, नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन, प्रेस सेण्टरका अध्यक्षलगायत सवै मित्रहरूप्रति आभारी छू ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे