पाण्डवेश्वर धारापानी मन्दिर परिसरमा सरसफाई



पाण्डवेश्वर धारापानी मन्दिर परिसरमा सरसफाई

 घोराही ३० असार । अनेरास्ववियु महेन्द्र बहुमुखी क्याम्पस कमिटीले घोराही ५ स्थित पाण्डवेश्वर धारापानी मन्दिर परिसरमा सरसफाई गरेको छ ।

संगठनका अध्यक्ष सागर पण्डितको नेतृत्व एवं अनेरास्ववियु पुर्व केन्द्रीय सदस्य अभिषेक बुढा मगरको प्रमुख आतिथ्यमा आज सरसफाई गरेको हो । सरसफाई कार्यक्रम पश्चात आयोजित कार्यक्रममा प्रमुख अतिथि बुढा मगरले सार्वजनिक महत्वका अभियानलाई प्रबद्र्धधन गदै लैजान आग्रह गरे । अभियानका संयोजक अनेरास्ववियु महेन्द्र बहुमुखी क्याम्पस कमिटी अध्यक्ष पण्डितले आगामि दिनहरूमा फोहोर व्यवस्थापनका अतिरिक्त समाज जीवन जगतसंग जोडिएका थुप्रै रचनात्मक कार्य गर्न अनेरास्ववियु महेन्द्र बहुमुखी क्याम्पस कमिटी प्रतिवद्ध रहेको बताए ।

कार्यक्रममा अनेरास्ववियु दाङ जिल्ला सचिव लक्ष्मण गिरी, कोषाध्यक्ष कपिल बुढाथोकीलगायत बाेलेका थिए । कार्यक्रमको सहजिकरण अनेरास्ववियु महेन्द्र बहुमुखी क्याम्पस कमिटी सचिव मदनकृष्ण गौतमले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे