तुलसीपुर उपमहानगरपालिका पुर्ण खोप सुनिश्चितता घोषणा



तुलसीपुर उपमहानगरपालिका पुर्ण खोप सुनिश्चितता घोषणा

तुलसीपुर २६ असार ।  दाङको तुलसीपुर उपमहानगरपालिकालाई पुर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको छ ।

मंगलवार नगरपालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना गरी पुर्ण खोप सुनिश्चितता नगरपालिका घोषण गरिएको हो । खोप समितिका संयोजक तथा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले पुर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरेका हुन् । सो अवसरमा बोल्दै संयोजक शर्माले खोप कार्यक्रम नेपाल सरकारको प्राथमिकतामा रहेको हुदा बालबालिकाको स्वास्थ्य राम्रो बनाउनका लागि पनि अभिभावक संम्वेदनशिल भएर लाग्नुपर्नेमा जोड दिए । दाङ जिल्लामा हालसम्म ५ वटा पालिका मात्रै पुर्ण खोप सुनिश्चित पालिका घोषणा भएको र अन्य पालिका पनि पुर्ण खोप सुनिश्चित हुने अन्तिम तयारीमा रहेको समेत उनले जानकारी दिए ।

तुलसीपुरका १९ वटै वडाका १८ वटा स्वास्थ्य संस्था, ६० वटा खोप केन्द्रबाट ७४ सेशनमा खोप कार्यक्रम सञ्चालन गरिएको र जसबाट १४ हजार ५ सय ९३ जना बालबालिकाहरुलाई खोप प्रदान गरिएको बताइएको छ । पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गर्नुअघि तुलसीपुर उपमहानगरपालिका भित्र रहेका प्रत्येक घरधुरीमा स्वास्थ्यकर्मीहरू पुगेर पूर्ण खोप सुनिश्चितताको लागि घरधुरी सर्र्वेक्षण गर्दा वडा नम्बर ५ मा मुश्लिम समुदायको कुनैपनि खोप नलगाएको एक जना बच्चा फेला परेको तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख ओप न्यौपानेले जानकारी दिए । खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि मात्रै पालिकालाई पूर्ण सुनिश्चित नगरपालिका घोषणा गरिएको उनको भनाई छ । यस्तै सर्वेक्षणका क्रममा तुलसीपुरका विभिन्न वडाका गरी ३२ जनाले आशिक खोप लगाएको पाइएको पनि उनले बताए ।

तुलसीपुरका ८ स्वास्थ्य स्वास्थ्यचौकी, ११ वनगरस्वास्थ्य केन्द्र, २ सामुदायीक स्वास्थ्य इकाई, १ नगर अस्पताल, १ प्रादेशिक अस्पताल, २ निजि अस्पताल गरि जम्मा २५ वटा स्वास्थ्य संस्थाबाट खोप कार्यक्रम सञ्चालन हुदै आएको उनको भनाई छ । सो अवसरमा जिल्ला खोप समन्वय समिति दाङका फोकल पर्सन किसोर आचार्य, तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख स्यानी चौधरी, राप्ती प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष पदम प्रसाद न्यौपाने लगाएतले नगरपालिकालाई पुर्ण खोप सुनिश्चित घोषणा गर्न सफल हुनुमा सबैको महत्वपुर्ण साथ सहयोग रहेको भन्दै धन्यवाद ज्ञापन सँगै आफ्नो भनाई राखेका थिए । तुलसीपुर उपमहानगरपालिका प्रमुख टिकाराम खड्काको अध्यक्षतामा भएको कायक्रमको सहजीकरण तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखाका जनस्वास्थ्य निरिक्षक बिमल केसीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे