सामुदायिक विद्यालय तर्फ देउखुरी क्षेत्रमा आदर्श नमुना मावि लालमटियाले ल्यायो सर्वोत्कृष्ट नतिजा



सामुदायिक विद्यालय तर्फ देउखुरी क्षेत्रमा आदर्श नमुना मावि लालमटियाले ल्यायो सर्वोत्कृष्ट नतिजा

भालुवाङ २५ असार । सामुदायिक विद्यालय तर्फ देउखुरी क्षेत्रमा आदर्श नमुना मावि लालमटियाले सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।

२०७९ सालमा दिएको एसईईको परिक्षाको नतिजामा राप्ती गाउँपालिका २ लालमटियामा रहेको सो विद्यालयले देउखुरी क्षेत्रमा सर्वोत्कृष्ट अंक ल्याउन सफल भएको हो ।
जसमा ३.६५ जिपिए सहित A+ १ जना, ३.२१- ३.६ सम्म ५ जना A, २.८०-३.२ सम्म १७ जना, २.४१-२.८० सम्म ३२ जना, २.१-२.४० सम्म ७१ जना र १.६-२.० सम्म गरि कुल ११० जना छात्रछात्राहरु मध्ये सवै अर्थात शतप्रतिशत उत्तीर्ण हुन सफल भएका छन् ।

उत्तीर्ण हुन सफल अर्थात कक्षा ११ अध्ययन गर्न सफल भएकोमा विद्यालयका प्रधानाध्यापक किरण पोख्रेलले सम्पूर्ण विद्यार्थी भाईबहिनीहरूलाई बधाई दिनुका साथै महान कार्यमा सहयोगी भुमिका निर्वाह गर्ने शिक्षक/ कर्मचारी, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, अभिभावक लगायत सम्पुर्ण शिक्षाप्रेमीहरुलाई धन्यवाद दिएका छन् ।

साथै शैक्षिक सत्र २०८० का लागि प्राविधिक धार तर्फ सिटिइभिटी अन्तर्गत सुचना प्रविधि र कक्षा ११ मा विज्ञान, शिक्षा, मानविकी, व्यवस्थापन संकायहरुमा भर्ना खुलेको जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे