देउखुरीमै मुनलाइटका विनय शर्माले ल्याए एसईईको सर्वोत्कृष्ट अंक, शतप्रतिशत विद्यार्थी उर्त्तीण



देउखुरीमै मुनलाइटका विनय शर्माले ल्याए एसईईको सर्वोत्कृष्ट अंक, शतप्रतिशत विद्यार्थी उर्त्तीण

भालुवाङ २२ असार । दाङको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा रहेको मुनलाइट सेकेण्डरी स्कुलका छात्र विनय शर्माले देउखुरी क्षेत्रमै सर्वोत्कृष्ट अंक ल्याउन सफल भएका छन् ।

बिहीबार राष्ट्रिय परीक्षा बोर्डले प्रकाशन गरेको माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफलमा शर्माले ३.८५ जिपिए ल्याउन सफल भएको विद्यालयका प्रधानाध्यापक हरिविक्रम शाहले जानकारी दिएका छन् । विनय पहिले देखि नै अब्बल विद्यार्थी रहेको र उनलाई विद्यालयले पनि उत्कृष्ट वातावरण दिएकोले पनि उत्कृष्ट नतिजा ल्याउन सफल भएको विद्यालयले दावी गरेको छ ।

सो विद्यालयका ४६ जना प्रशिक्षर्थी मध्ये ४६ जना नै ग्रेड ल्याएर उर्त्तीण भएका छन् । जसमा १ जनाले ३.८५ जिपिए सहित, ८ जनाले ए, ९ जनाले बी प्लस, १७ जनाले बी, १० जनाले सी प्लस र १ जनाले सीे ल्याएको विद्यालयका प्रधानाध्यापक हरिविक्रम शाहले जानकारी दिएका छन् । शतप्रतिशत विद्यार्थी उर्त्तीण हुनुमा शिक्षक र विद्यार्थीको मेहनत, अभिभावकको लगानी शुभ चिन्तकहरुको सल्लाह सुझाव, माया हौसलाले गर्दा शिक्षा क्षेत्रमा राम्रो गरिरहेको प्रधानाध्यापक शाहको भनाई छ । शतप्रतिशत विद्यार्थी उर्त्तीण गराउन सफल भएकोमा विद्यालयका प्रधानाध्यापक शाहले शिक्षक, विद्यार्थी, अभिभावक र शुभचिन्तकहरुलाई धन्यवाद ज्ञापन समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे