सुदुरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री सवार गाडी दुर्घटना, मन्त्री सहित ४ जना घाइते



सुदुरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री सवार गाडी दुर्घटना, मन्त्री सहित ४ जना घाइते

बझाङ ५ असार । बझाङमा सुदुरपश्चिमप्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री सवार गाडी दुर्घटनामा परेको छ ।

सुदुरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको डडेल्धुराबाट चैनपुर आउने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको हो ।

दुर्घटनामा परि मन्त्री सिंह सहित ४ जना घाइते भएका छन् । खुट्टा र अनुहारमा चोट लागेका मन्त्री सिंहको केदारस्युँ गाउँपालिका १ देउरास्थित ॠतु पोलिक्लिनिकमा उपचार भइरहेको छ भने बाँकी ३ जनाको रायल प्राथमिक स्वास्थ केन्द्र देउरामा उपचार भइरहेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे