राप्ती गाउँपालिकाकाे नीति तथा कार्यक्रम संशोधन सहित पारित



राप्ती गाउँपालिकाकाे नीति तथा कार्यक्रम संशोधन सहित पारित

भालुवाङ ४ असार । राप्ती गाउँपालिकाकाे नीति तथा कार्यक्रम साेमवार संशोधन सहित पारित भएकाे छ । गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले आइतबार दोस्रो गाउँसभाको तेस्रो अधिवेशनमा यस आर्थिक वर्ष २०८०/०८१ का लागि स्वास्थ्य, शिक्षा, कृषि र उद्यमशिलतामा जोड दिंदै १७ पृष्ठ लामो नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

नीति तथा कार्यक्रम उपर छलफलका लागि कार्यपालिका सदस्य तथा जनप्रतिनिधिहरुले थप १ दिनका लागि समय मागे पछि साेमवारका लागि बैठक स्थगित गरिएकाे थियाे । साेमवार पुन बसेकाे बैठकले केहि बुँदा संशोधन गर्न माग गरेका थिए । समृद्ध राप्ती, सुखी र खुसी राप्तीवासी“ भन्ने मूल सोचका साथ तथा युवा तथा महिला उद्यमशिलतामा राप्ती गाउँपलिका पहिला भन्ने मुल नाराका साथ राप्ती गाउँपालिकाले नीति तथा कार्यक्रममा समावेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे