देउखुरीकाे लमहीमा सर्पकाे टाेकाईबाट एक महिना पछि बालककाे मृत्यु



देउखुरीकाे लमहीमा सर्पकाे टाेकाईबाट एक महिना पछि बालककाे मृत्यु

देउखुरी ३० जेष्ठ । दाङ-देउखुरीकाे लमहीमा सर्पकाे टाेकाईबाट करिब एक महिनापछि एक बालककाे मृत्यु भएकाे छ । लमही नगरपालिका-५, काेलही निवासी गिरीराज पाेख्रेलका छाेरा बर्ष २ का आयम पाेख्रेलकाे सर्पकाे टाेकाईबाट मृत्यु भएकाे हाे ।

गत जेष्ठ २ गते साेमबार बेलुका आफ्नै घरकाे आगनमा खेलिरहेकाे समयमा गाेमन जातकाे सर्पले आयमलाई डसेकाे थियाे । सर्पले डसे लगत्तै आयमलाई लमही स्थित सर्प दंश अस्पताल लगिएकाे थियाे । लमहीमा प्राथमिक उपचार पछि थप उपचारका लागि साेही दिन नै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घाेराहीमा १० दिन सम्म भर्ना गरेर उपचार गरिएकाे भएपनि बालकमा कुनै सुधार नभएपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएकाे पारिवारिक स्राेतले जनाएकाे छ ।

काठमाडौंकाे टिचिङ्ग हस्पिटलमा १५ दिन सम्म भर्ना गरेर उपचार गर्दा समेत बालककाे उपचारमा कुनै सम्भव नदेखिएपछि उनलाई पुन घर फर्काई आर्काे दिन भारतकाे लखनाैउमा लगेर उपचार गरिएकाे थियाे । लखनाैउमा बालक उपचार हुँदाहुँदै गत जेष्ठ २८ शनिबार बिहान ९ बजे मृत्यु भएकाे परिवारले जनाएकाे छ । मृतक बालककाे लमहीमा पाेर्समार्टम पछि हिन्दु पम्परा अनुसार अन्टेष्टि गरिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे