राप्ती नदीमा जनप्रतिनिधि र सिडियाेकाे बहादुरी, उत्खनन् सकिएपछि अनुगमनकाे नाटक मञ्चन



राप्ती नदीमा जनप्रतिनिधि र सिडियाेकाे बहादुरी, उत्खनन् सकिएपछि अनुगमनकाे नाटक मञ्चन

भालुवाङ २८ जेष्ठ । दाङ-देउखुरीकाे राप्तीमा करिब एक महिना देखि भईरहेकाे नदीजन्य पदार्थ उत्खनन् आज आइतबार देखि राेकिएकाे छ । दाङका प्रमुख जिल्ला अधिकारी सुशील बैध नेतृत्वकाे अनुगमन टाेलीले एक महिना देखि मापदण्ड बिपरित ठुला-ठुला मेसिन प्रयाेग गरी भईरहेकाे नदीजन्य पदार्थ उत्खनन् आज बाट बन्द भएकाे हाे ।

एक महिना सम्म कानमा तेल हालेर बसेका जनप्रतिनिधि र प्रजिअले आज बल्ल फुर्सद पाए पछि नदी तथा खाेलाकाे अनुगमनमा निस्किएकाे थिए । देउखुरीकाे राप्ती, गढवा, राजपुर गाउँपालिका र लमही नगरपालिका क्षेत्र भित्र पर्ने राप्ती सहित अन्य खाेलामा दिनरात ठुला-ठुला मेसिन प्रयाेग गरि मापदण्ड विपरित उत्खनन् हुँदा समेत स्थानीय सरकार र सिडियाे कार्यालय मुखदर्शक बनेका थिए । ठेक्दारहरूले आफू खुसी मनलाग्दी नदीजन्य पदार्थ उत्खनन् गरेर काेटा पूरा गरेपछि जेष्ठ महिनाकाे अन्तिममा आज गरेकाे अनुगमनले कुनै अर्थ नराख्ने स्थानीय प्रकृतिप्रेमीहरूले बताएका छन् । उनीहरूले राज्यका जिम्मेवार निकाय र जनप्रतिनिधिहरूकाे मिलाेमताेमा प्रत्येक बर्ष यसरी नै नदीजन्य पदार्थ उत्खनन् हुने गरेकाे बताएका छन् ।

राप्ती नदी चुरे क्षेत्रमा पर्दछ, चुरे क्षेत्रमा ठुला मेसिनकाे कुरा त परै जओस्, समान्य डाेजर, ट्रिप्पर समेत प्रयाेग गर्न नमिल्ने कानुनी प्राबधान छ । तर राज्यका जिम्मेवारी निकायहरू राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितीले नीति, विधि र मापदण्डलाई समेत कुल्चिएर आफू खुसी मनलाग्दी ठुला-ठुला मेसिन प्रयाेग भएकाे स्थानीय वातावरणप्रेमी तथा सामाजिक अभियान्ता जगतप्रसाद पाेख्रेलले बताउनुभयाे । उहाँले राज्यकाे जिम्मेवार निकाय र जनप्रतिनिधिकाे मिलाेमताे बिना उत्खनन् नहुनै नसक्ने जिकिर समेत गर्नु भयाे ।

केही दिन पहिले राप्ती नदीकाे २ नम्बर इन्टेक पाखापानी नजिक सिचाईका लागि भन्दै प्रगन्ना तथा बड्कापथ सिचाई व्यवस्थापन कार्यालय लमहीकाे सिफारिसमा राप्ती गाउँपालिकाले समेत आफूखुसी ठुला-ठुला मेसिन प्रयाेग गर्न अनुमति दियाे । त्यसपछि स्थानीय सामाजिक अभियान्ताहरूले जथाभावी तथा मापदण्ड बिपरित उत्खनन् भएकाे भन्दै बिराेध जनाएपछि पालिकामा सर्वदलीय, सर्वपक्षीय बैठक बसी नदि अनुगमन गरी सिचाईका लागि अब कुलाे खन्नुनपर्ने सहमतिमा उत्खनन् बन्द गर्ने सहमती भएपनि उक्त सहमतिकाे समेत उल्ङ्घन गरी ठेक्दार पक्षले जथाभावी, मनलाग्दी र मापदण्ड बिपरित उत्खनन् गर्दा समेत स्थानीय सरकार केही गर्न नसकेकाे र पालिका कै मिलाेमताेमा उत्खनन् गरिएकाे समाजिक अभियान्ता पाेख्रेलले आराेप लगाउनु भयाे ।

याे बर्ष पनि जिल्ला प्रशासन कार्यालय दाङ, जिल्ला समन्वय समिती दाङकाे सहमति राप्ती, गढवा र राजपुर गाउँपालिका तथा लमही नगरपालिकाले राप्ती नदी तथा अन्य खाेलाहरूमा समेत ठुला-ठुला मेसिन प्रयाेग गर्न अनुमति दिई उत्खनन् गर्न दिएकाे स्थानीयबासीहरूले बताएका छन् । यस बर्ष मापदण्ड विपरित मनलाग्दी उत्खनन् हुँदा समेत स्थानीय सरकार चुक्क बाेल्न नसक्नु र नियमन समेत गर्न आलताल गर्नुलाई सजिलै मिलाेमताे रहेकाे प्रष्ट हुने आर्का सामाजिक अभियान्ता धर्मराज अधिकारीले बताउनु भयाे । उहाँले मिलाेमताे र सेटिङ्ग बिना यसरी दिनरात उत्खनन् गर्न कसैकाे हिम्मत नहुने तर्क गर्नु भयाे ।

गत बर्ष समेत राप्ती नदीहरूमा ठुला-ठुला मेसिन प्रयाेग भएकाे सुचना पुगेपछि राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितीले राप्ती, गढवा गाउँपालिका र लमही नगरपालिकालाई पत्रचार नै गरी तत्काल स्काभेटर तथा डाेजर प्रयाेग गरी नदीजन्य पदार्थ उत्खनन् बन्द गर्न निर्देशन नै दिएकाे थियाे । यस बर्ष पनि राप्ती नदीमा भईरहेकाे उत्खनन्काे चाैतर्फी बिराेध भएपनि राज्यका जिम्मेवार निकाय गम्भीर बन्नुका साटाे उत्खनन् लाई प्रसय दिएकाे स्थानीय प्रकृतिप्रेमिहरूले आराेप लगाएका छन् । उता राजपुर गाउँपालिकाले जथाभावी नदीमा उत्खनन् गर्न दिएकाे भन्दै केहीदिन अघि स्थानीयबासीले गाउँपालिका कार्यालय घेराउ गर्नुका साथै नाराबाजी समेत गरेका थिए ।

प्रकृतिप्रेमी तथा सामाजिक अभियान्ताहरूले बारम्बार नदि जन्य पदार्थ उत्खनन् काे बिराेध गर्दा समेत जिम्मेवार निकाय मुखदर्शक बनेकाे भन्दै आपत्ति समेत जनाएका थिए । चर्काे दबाब र आलाेचना पछि आज बल्ल फुर्सद पाएकाे सिडियाे कार्यालय सहितकाे अनुगमन टाेलीले राप्ती नदी सहित अन्य खाेलाकाे अनुगमन पछि तत्काल उत्खनन् बन्द गर्न प्रजिअ बैध निर्देशन दिनु भयाे । यसैबीच आजकाे अनुगमनलाई स्थानीयस्तरका नागरिकले सिडियाे र जनप्रतिनिधिकाे नाटकमञ्चनकाे संज्ञा दिएका छन् । उनीहरूले एक महिना सम्म मापदण्ड विपरित ठुला-ठुला मेसिन प्रयाेग गरि उत्खनन् गर्दा समेत चुक्क नबाेल्ने जिम्मेवार नियमन निकाय पानी माथिकाे ओबानाे बन्न खाेजेकाे स्थानीय प्रकृतिप्रेमि तथा सामाजिक अभियानताहरूले बताएका छन् । आजकाे अनुगमन र निर्देशनले नदी दाेहन र उत्खनन् काे कुनै अर्थ नरहने समेत स्थानीयबासीहरूकाे भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे