प्रेस चाैतारीका केन्द्रीय उपाध्यक्ष प्रियासनलाई तीन प्रदेशकाे जिम्मेवार



प्रेस चाैतारीका केन्द्रीय उपाध्यक्ष प्रियासनलाई तीन प्रदेशकाे जिम्मेवार

घाेराही २६ जेठ । प्रेस चाैतारी नेपालले नेपाल पत्रकार महासंघको सदस्यता सुद्धिकरण र नयाँ सदस्यता वितरणकाे काममा संगठनकाे तर्फबाट उपाध्यक्ष सविन प्रियाशनलाई तीन ओटा प्रदेशकाे जिम्मेवारी दिइएकाे छ ।

उपाध्यक्ष प्रियाशनलाई लुम्बिनी, गण्डकी र काेशी प्रदेशकाे जिम्मेवारी दिइएकाे अध्यक्ष गणेश बस्नेतले जानकारी दिए । उनका अनुसार नेपाल पत्रकार महासंघले जारी गरेको मापदण्डअनुसार जस्ताको तस्तै कार्यान्वयन हुनुपर्छ भन्ने प्रेस चौतारी नेपालको स्पष्ट निर्णयअनुसार कार्यान्वयनका लागि चार उपाध्यक्षलाई जिम्मेवारी तोकिएको हाे ।

उपत्यका, प्रतिष्ठान र एशोसियट प्रदेशमा गणेश पाण्डे । कोशी, लुम्बिनी र गण्डकी प्रदेशमा सविन प्रियाशन । कर्णाली, सुदुरपश्चिम प्रदेशमा राजेश राई । मधेश प्रदेश र बागमति प्रदेशमा देविका जिएम गुरुङलाई तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे