मिटरब्याजीलाई कारबाही गर्ने अध्यादेश स्वीकृत
काठमाण्डाै २७ वैशाख । प्रतिनिधि सभाबाट ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८०’ सर्वसम्मत रूपमा स्वीकृत भएको छ । सभाको आज बुधवारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङका तर्फबाट अर्थमन्त्री डा. प्रकाशशरण महतले याे अध्यादेशलाई स्वीकृत गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।
बैठकमा सभामुख देवराज घिमिरेले याे अध्यादेशलाई अस्वीकार गरियोस् भन्ने सूचना प्राप्त नभएको व्यहोरा सदस्यलाई जानकारी गराएका थिए । यही वैशाख २४ गतेको बैठकमा कानुनमन्त्री गुरुङले याे अध्यादेश प्रतिनिधि सभामा पेस गरेका थिए । याे अध्यादेश यही वैशाख २० गते राष्ट्रपति रामचन्द्र पौडेलबाट जारी भएको थियो । सरकारले मिटरब्याज पीडितको समस्या सम्बोधन गर्ने गरी अध्यादेशमार्फत कानुन संशोधन गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्