पूर्वगृहमन्त्री खाणलाई चार दिन हिरासतमा राख्न अनुमति



पूर्वगृहमन्त्री खाणलाई चार दिन हिरासतमा राख्न अनुमति

काठमाडौं २७ वैशाख । कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई चार दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि उनलाई अनुसन्धानका लागि हिरासतमा राख्न अदालतले अनुमति दिएको हो।

उक्त प्रकरणमा मुछिएपछि उनलाई प्रहरीले बुधबार मैजुबहालस्थित निवासबाट पक्राउ गरेको हो। उनीसँगै उनका सहयोगी नरेन्द्र केसीसमेत पक्राउ परेका छन्। एमाले सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीप, सरकारका बहालवाला सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईलगायतका आरोपी यसअघि नै पक्राउ परी हिरासतमा छन्।

सांसद रायमाझीविरुद्ध एक हप्ताअघि नै पक्राउ पुर्जी जारी भए पनि उनी फरार छन्।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे