भुटानी शरणार्थी प्रकरण : पुर्व गृहमन्त्री बालकृष्ण खाड र निजी सचिव पक्राउ



भुटानी शरणार्थी प्रकरण : पुर्व गृहमन्त्री बालकृष्ण खाड र निजी सचिव पक्राउ

काठमाण्डौ २७ वैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले पूर्व गृहमन्त्री  एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई पक्राउ गरेको छ ।

प्रहरीले अनुसन्धानको लागि भन्दै खाण र उनका निजी सचिव नरेन्द्र केसीलाई बुधबार बिहान निवासबाटै पक्राउ गरेको हो ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको अभियोगमा यसअघि पक्राउ परेकाहरुले दिएको बयानका आधारमा नेता खाण पक्राउ परेका हुन् । खाणकी पत्नी मञ्जु खाण र कांग्रेस नेतृ आरजु राणालाई रकम बुझाउनुपर्ने भन्दै बिचौलियासँगको अडियो सम्वाद समेत यसअघि सार्वजनिक भैसकेको छ । त्यो अडियो माथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री एवम् एमाले सचिव टोपबहादुर रायमाझी भने फरार छन् ।

प्रहरीले यसअघि सचिव टेकनारायण पाण्डे, टोपबहादुर रायमाझीका छोरा सन्दीप, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार ईन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङसहित १० जनालाई पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे