शिवसवरी धामद्वारा गाैतम बुद्वको मुर्ती स्थापना



भालुवाङ २२ वैशाख । शिवसवरी धाम धार्मिक केन्द्र राप्ती गाउँपालिका ५ पहरूवाले शुक्रबार गाैतम बुद्वको मुर्ती स्थापना तथा अनावरण गरेको छ ।२५६७ औं बुद्व जयन्तीको अवसर पारेर धार्मिक केन्द्रले पुर्व पश्चिम राजमार्ग अन्तरगत पर्ने दोलाई खोला पुलको पुर्व दक्षिण ढिकमा मुर्ती स्थापना तथा अनावरण गरेको हो । धार्मिक केन्द्रका संरक्षक गुरु शिवलक्ष्मी चाैधरी र राप्ती गाउँपालिकाका निवर्तमान अध्यक्ष नुमानन्द सुवेदीले संयुक्त रूपमा मुर्ती स्थापना तथा अनावरण गरेका हुन् ।

विश्व शान्तिको कामना गर्दै स्थायी राजधानी क्षेत्रमा पहिलो पटक गाैतम बुद्वको मुर्ती स्थापना गरि दिवस मनाएको संरक्षक गुरु शिवलक्ष्मी चाैधरीले बताएकी छिन् । मुर्ती स्थापना गर्नु पुर्व धामको परिक्रमा गरि मुर्तीलाई चन्डोलामा राखि झाँकी सहित दोलाई खोला पुल छेउमा मुर्ती स्थापना गरिएको थियोे ।कार्यक्रममा राप्ती गाउँपालिकाका निवर्तमान अध्यक्ष नुमानन्द सुवेदी, बागमती टेलिभिजनका लुम्बिनी प्रदेश व्युरो सन्तोषकुमार गुप्ता, देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ता, सिधापत्र अनलाइनका सञ्चालक मेगमन बुढा, प्रमुख निर्देशक भानु जोशी, धामका मिश्रुलाल चाैधरी, किरण आचार्य, क्यामरामेन श्रीधर कडेल तथा भक्तजनहरूको सहभागीता रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे